प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी प्रदर्शनी

काठमाडौँ १६ कार्तिक
– राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले ‘प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो’ आगामी पुसको पहिलो हप्ता आयोजना गर्ने भएको छ । (एनएफपिजे) ले आज यहाँ पत्रकार सम्मेलन गरी फोटोग्राफी प्रिन्टिङ र फोटो पत्रकारिताको व्यावसायिक विकास गर्ने उद्देश्यले पुस ४–६ गते भृकुटीमण्डपमा एक्स्पो आयोजना गरिने जानकारी दिएको छ ।

एक्स्पोमा प्रिन्टिङ एण्ड फोटोग्राफीसम्बन्धी अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादन राखिनेछ । जापान, दक्षिण कोरिया, भारतलगायत विभिन्न देशका उत्पादक कम्पनीले एक्स्पोमा सहभागिता जनाउनेछन् ।एक्स्पोमा एक सय कक्ष रहनेछन् । तीन दिनसम्म कार्यशाला गोष्ठी, अन्तक्र्रिया, फोटो सेसन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिने प्रदर्शनीका संयोजक हरि रेग्मीले जानकारी दिए । प्रदर्शनीमा प्रिन्टिङतर्फ अफसेट प्रेस, फ्लेक्स प्रिन्ट, फोटोग्राफीतर्फ क्यामेरा, उत्पादक कम्पनी, फोटो पेपर उत्पादक कम्पनी, फोटो प्रिन्टका विभिन्न मेसिन उत्पादक कम्पनी, मोबाइल, ल्यापटप, कम्प्युटरलगायत राखिने उनले जानकारी दिए ।रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया