प्रधानमन्त्री ओलीबाट एचपीभी खोप अभियान शुभारम्भ : सरकारले नयाँ काम थालेको भनाई

काठमाडौं २२ माघ २०८१ । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरेका हुन् । अभियान शुभारम्भ गर्दै उनले सरकारले नयाँ काम थालेको बताए । प्रधानमन्त्री ओलीले अहिले एचपीभी खोप लगाएका किशोरीहरुले हुर्किइसकेपछि पनि पाठेघरको क्यान्सरबाट मुक्त हुने विश्वास व्यक्त गरे ।

आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन भएको अभियान सञ्चालन हुँदैछ देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिन लागिएको हो ।
अभियानमा १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिइनेछ । यस्का लागि १८ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा खोप केन्द्रको रूपमा तोकिएको छ २७ हजार स्वास्थ्यकर्मी र ५४ हजार स्वयंसेवक परिचालन गरिएको छ ।
यो खोप सन् २०३० सम्ममा कम्तीमा पनि ९० प्रतिशत किशोरीलाई लगाउने लक्ष्य लिइएको छ । खोप विद्यालयमा अध्ययनरत बालिकाले विद्यालयमा नै लगाउन पाउने छन् भने विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका बालिकाले नजिकैको विद्यालयमा गएर एचपीभी खोप निशुल्क लगाउन सक्ने छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया