प्रधानमन्त्री ओलीले राजीनामा नदिने
काठमाडौं २८ असार ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारको नेतृत्व गरेको नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी ओलीले भने राजीनामा नदिने तयारी गरेका छन् । प्रधानमत्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने, ‘उहाँलाई संसदले प्रधानमन्त्री निर्वाचित गरेको हो र संसदले नै हटाउन सक्छ । प्रधानमन्त्रीले राजीनामा दिनु हुन्न ।’ माओवादीले मंगलबार विहान प्रधानमन्त्रीलाई पत्र बुझाएर समर्थन फिर्ता लिएको घोषणा गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया