प्रधानमन्त्री प्रचण्ड र मोदीबीच हटलाइन वार्ता

काठमाडौं २९ कात्तिक ।

प्रधानमन्त्री  प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ । भारु  १००० र ५०० माथि लागेको प्रतिबन्धलाई लिएर प्रचण्डले भारतीय समकक्षी मोदीलाई सोमबार फोन गरेका हुन् । प्रचण्डले सो निर्णय राम्रो भएको भन्दै मोदीलाई बधाई समेत दिएका छन् । उनले नेपालीलाई परेको समस्या सम्बोधनका लागि आग्रह गरेका छन् ।

भारतमा काम गर्ने नेपालीहरुले भारु नै ल्याउने गरेको भन्दै  प्रधानमन्त्री प्रचण्डले नेपालका ग्रामिण र दुर्गम क्षेत्रमा सर्वसाधारणसँग ठूलो मात्रामा भारु रहेको बताए ।औषधि उपचार गर्न, तिर्थयात्रा गर्न देखि अध्ययन गर्न समेत भारतीय रुपैयाँ सञ्चित गर्ने प्रचलन रहेेको भन्दै उनले त्यस्तो रकम सटही गर्न जरुरी रहेको बताए ।

नेपालीहरुसँग रहेको ५०० र १००० भारु साट्ने र आफ्नो बैंक खातामा जम्मा गर्ने व्यवस्था नेपालमै गर्न प्रधानमन्त्री प्रचण्डले मोदीलाई आग्रह गरेको स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया