प्रधानमन्त्री प्रचण्डपुत्र प्रकाशको निशानामा किन परे सहसचिव ?

काठमाडौं २२ कार्तिक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा उनका मन्त्रिपरिषदका सदस्यहरुले सम्पत्ति विवरण नबुझाएर अटेरी गरेको विषयमा प्रकाशमा आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका एक सहसचिव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको निशानामा परेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीहरुले बुझाएको सम्पत्ति विवरण प्रधानमन्त्री कार्यलयको आधिकारिक वेवसाइटमा राखेर सार्वजनिक नगर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका प्रवक्ता दामोदर रेग्मी प्रधानमन्त्रीको सचिवालयको निशानामा परेका हुन् ।

स्रोतकाअनुसार रेग्मीले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण प्राप्त भएपनि वेबसाइटमा राखेर सार्वजनिक गर्न आनाकानी गर्दै आइरहेका थिए । मुख्य सचिव डा. सोमलाल सुवेदीलगायतले समेत उनलाई सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह गरेपनि उनले सबै मन्त्रीको सम्पत्ति विवरण प्राप्त भइसकेपछि मात्रै वेबसाइटमा राख्ने भन्दैं टार्दै आएका थिए । रेग्मीले आलटाल गर्दै सम्पत्ति विवरण सार्वजनिक नगरिदिएपछि मिडियाले यसबारे समाचार लेखेका थिए ।

समाचार प्रकाशमा आए लगतै प्रधानमन्त्रीको प्रधानमन्त्री प्रचण्डपुत्र प्रकाश दाहालले सम्पत्ति विवरण किन सार्वजनिक नगरेको भन्दैं हप्काएका थिए । स्रोतकाअनुसार प्रकाशले माओवादीको बदनाम गर्न सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दैं रेग्मीलाई हायलकायल बनाएका थिए । सम्पत्ति विवरण नबुझाएको बारे समाचार प्रकाशमा आएपछि प्रकाशलगायत सचिवालयका सदस्यहरुले राम्रो काम गरे पनि कर्मचारीले जस लिन नदिने भए भन्दैं कर्मचारीसँग असन्तुष्टी पोखेको बताइन्छ ।

प्रधानमन्त्री तथा मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएको १ हप्ताभित्रै सम्पत्ति विवरण बुझाउनुपर्ने नियम भएपनि प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण यो सामाग्री तयार पार्दासम्म सार्वजनिक गरिएको छैन् । गत साउन १९ गते ब्यवस्थापिका संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका प्रचण्डले त्यसको भोलिपल्ट साउन २० गते पद तथा गोपनीयताको सपथ लिएका थिए । नियमानुसार उनले २०७३ साउन २७ गतेभित्रै सम्पत्ति विवरण बुझाउनुपर्ने भएपनि अहिलेसम्म बुझाएका छैनन् । प्रचण्ड सरकारका २ उपप्रधानमन्त्री, २४ मन्त्री र ४ राज्यमन्त्रीले समेत अहिलेसम्म सम्पत्ति विवरण बुझाएका छैनन् ।
आजको साँघु साप्ताहिकमा समाचार छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया