प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा आज पनि छलफल

काठमाडौं ८ साउन।

संसदमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पेश गरेको प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा आज पनि छलफल हुँदैछ ।  बैठक  विहान ११ बजेको लागि बोलाइएको छ ।  भोली अविश्वासको प्रस्तावमा छलफल सकिएसँगै  प्रधानन्त्री ओलीले जवाफ दिने छन् र प्रस्तावमापथि मतदान हुनेछ ।

हिजो शुक्रबारको बैठकमा अविश्वासको प्रस्ताव टेबुल गर्दै माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले माओवादीले उपयोग मात्र गरेकाले समर्थन फिर्ता लिनुको परेको दाबी गरेका छन् ।

लगतै प्रस्तावमाथि छलफल सुरु भएको प्रस्तावको समर्थनमा कांग्रेस नेता विमलेन्द्र निधिले बोलेका छन् । त्यसपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको बोलेका छन् । उनले प्रधानमन्त्री ओलीको बचाउ गर्दै नाकाबन्दी हटाएकाले अविश्वासको प्रस्ताव ल्याएको त होइन भन्ने प्रश्न गरेका छन् ।

यदि कुनै ठूलै उपलपुथल भएन भने संसदले ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले पास गर्ने पक्का छ । कांग्रेस नेता निधिले दाबी गरे अनुसार प्रस्तावको पक्षमा ३४१ मत पुगिसकेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया