प्रधानमन्त्री विरुद्व ल्याइएको अविस्वास प्रस्ताव यस्तो छ (पूर्णपाठसहित)

बिजनेसपाटी सम्बाददाता

काठमाडौं, २९–असार 

अल्पमतमा परेका प्रधानमन्त्री ओलीले राजीनामा नदिएको भन्दै काँग्रेस र माओवादीले आज सिंहदरवारस्थित संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । नेपालको संविधानको धारा २९८ को उपधारा १३ मा भएको व्यवस्थाअनुसार प्रस्ताव दर्ता गराइएको हो ।  राजीनामा दिन प्रधानमन्त्रीले नमानेको भन्दै काँग्रेस र माओवादीले सांसदहरुको हस्ताक्षर अभियान चलाएका थिए । अविश्वासको प्रस्तावमा २५४ सांसदले हस्ताक्षर रहेको बताइएको छ ।

अविश्वास प्रस्ताव दर्ता गर्न  कांग्रेस र माओवादीलाई तीन सिट भएको नेकपा संयुक्तको पनि समर्थन छ । अव प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेमा सरकार स्वतः कामचलाउन हुनेछ।

संसद्मा कांग्रेसका २०७ र माओवादी केन्द्रका ८२ सांसद छन् । यो गठबन्धनलाई बहुमत प्राप्त गर्न नौ सांसद आवश्यक पर्छ । मधेसी दलले समेत सरकारमा भने सहभागी नहुने, तर ओली नेतृत्वको सरकार गिराउन निर्माण हुने गठबन्धनका लागि सहयोग गर्ने बताइसकेका छन् । यसो हुादा प्रस्ट बहुमत प्राप्त हुने विश्वास कांग्रेस–माओवादीको छ ।

प्रधानमन्त्रीविरुद्व दर्ता गराइएको अविस्वासको प्रस्तावः

Abiswas-prastab-1

Abiswas-prastab-2

फेसबुकबाट तपाईको प्रतिक्रिया