प्रधानमन्त्रीमा दोहोरिने प्रचण्ड पहिलो कम्युनिष्ट नेता
काठमाडौं १९ श्रावण
प्रधानमन्त्री दौडमा एकल प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बुधवार निर्वाचित भए उनले प्रधानमन्त्रीमा दोहोरिने पहिलो कम्युनिस्ट नेता हुनेछन् । नेपालमा प्रजातन्त्रयता पाँच कम्युनिस्ट प्रधानमन्त्री बनेपनि कोही दोहोरिन पाएका छैनन् ।
२०५१ सालको मध्इावधिमा सबैभन्दा ठूलो दल बनेपछि नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी देशका पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए । ९ महिना अल्पमतको सरकार चलाएर चर्चाको शिखरमा पुगेका अधिकारीपछि कम्युनिस्ट पार्टीले देशको नेतृत्वका लागि करिब १४ वर्ष कुर्नुपरेको थियो ।
विभिन्न कालखण्डमा नेकपा एमाले र नेकपा माले संयुक्त सरकारमा सहभागी भएपनि पहिलो संविधानसभाको निर्वाचनपछि मात्रै दोस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर कम्युनिस्ट पार्टीले पाएको थियो ।
त्यतिबेला तत्कालीन एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वमा सरकार बनेको थियो । त्यो सरकार पनि ९ महिनाभन्दा बढी टिक्न सकेन । आजको नागरिक दैनिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया