“प्रधानमन्त्रीले काठमाडौंमा भात खाएर दिल्लीमा हात धुन पुगे”-ओली

काठमाडौं  ३ अशोज

एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण जान हतार गरेको दावी गरेका छन् । साथै उनले प्रधानमन्त्रीले काठमाडौंमा भात खाएर दिल्लीमा हात धुन पुगेको टिप्पणी गरेका छन् । ‘प्रधानमन्त्रीले काठमाडौंमा खाएर दिल्लीमा हात चुठ्न जानुभयो’ उनले भने ‘के आपत आइलाग्यो र हतार गर्नुभयो?’ पूर्व प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुन पाइन्छ भनेर जे पनि गर्ने अवस्थाले सरकार ढलेको समेत बताए। ‘म त परिबन्दमा परेँ, उनले सरकार ढाल्न देशभित्र र बाहिर चलखेल भइरहेको भन्दै जोडे ‘लोभी पाठो खोज्नुभयो उहाँहरुले हरियो घाँस देखाइरहनुभएको थियो। ठ्याक्कै फेला पर्‍यो।’

प्रधानमन्त्रीले कुनै विषयबिना भारत र चीनमा विशेष दूत पठाएकोमा पनि उनले टिप्पणी गरे। प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भारतसँग विदेश नीतिमा साझेदारी गर्ने भनी गरेको सहमति आपत्तिजनक भन्दै ओलीले कुन कुन विषयमा सहकार्य गर्ने भन्ने खुलाउनुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया