प्रभु इन्स्योरेन्सको १९.२० प्रतिशत बोनश शेयर पारित

काठमाडौं २२ कार्तिक  ।

शेयरधनीलार्इ प्रभु इन्स्योरेन्सले चुक्ता पूँजीको १९ दशमलब २० प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित गरेको छ। कम्पनीको २२औं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो।

साधारणसभाले कम्पनीको पूँजीवृद्धिका लागि चुक्ता पूँजीको ४६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ। बोनस र हकप्रद शेयरपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० लाख ७६ हजार पुग्ने छ ।   गत आर्थिक वर्षमा १६ करोड ४७ लाख ५५ हजार रुपैँया खुद मुनाफा आर्जन गरेको कम्पनीले जनाएको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीले २५ करोड ३५ लाख २ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया