प्रभु बैंक भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित

काठमाडौँ, ७ अशोज २०८१

प्रभु बैंक भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित भएको छ । भिसा इन्टरनेसनलले यही ४ असोजमा आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२४’ मा प्रभु बैंक ‘एक्सेलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस’ र ‘एक्सेलेन्स इन प्रोडक्ट इन्नोभेसन’ गरी दुई विधामा सम्मानित भएको हो ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात् गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता प्रभु बैंकले जनाएको छ ।

भिसा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिसा नेटवर्कमा भिसा उपभोक्ता डेबिट कार्डको व्यवसायमा उत्कृष्टताबापत पहिलो अवार्ड प्राप्त भएको बैंकले जनाएको छ । त्यस्तै, दोस्रो एक्सिलेन्स इन प्रोडक्ट इन्नोभेसन अवार्ड नवीनतम सुविधासहितको प्रभु भिसा बिजनेस डेबिट कार्डको पहिलो व्यावसायिक सेवा विस्तारसँग सम्बन्धित छ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु भिसा बिजनेस डेबिट कार्ड सेवा अन्र्तराष्ट्रिय रुपमै एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको माध्यम हो जहाँ व्यावसायिक कारोबारको भुक्तानी सरल र सुरक्षित तरिकाले विद्युतीय माध्यमबाट भुक्तानी गरिन्छ ।

प्रभु भिसा बिजनेस डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने÷गरिरहेका खाताधनी (कर्पोरेट पर्सोनेल) हरूलाई लक्षित गरी डेबिट कार्डसम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले प्रभु भिसा बिजनेस डेबिट कार्ड सेवाको थालनी गरीएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया