प्रभु बैंकको प्रगती उत्साहजनक, नाफा एक अर्ब ७५ करोड रुपैयाँ
बिजनेसपाटी २० श्रावण
गत आर्थिक बर्षमा प्रभु बैंकले उल्लेख्य प्रगती गरेको छ। बैंकले गत आर्थिक बर्षको तुलनामा ५३ प्रतिशतले बढाएर १ अर्ब ७५ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षको यस अवधिमा १ अर्ब ११ करोड खुद मुनाफा गरेको थियो ।
गत आर्थिक बर्षमा बैंकले ८१ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरि ६१ अर्ब ९७ करोड कर्जा प्रवाह गरेको छ। बैंकले २९ प्रतिशतले कर्जा लगानी बढाउँदा समेत उही दरले बढेर २ अर्ब ५२ करोड खुद ब्याज आम्दानी गरेको छ। बैंकले निष्कृय कर्जा अनुपात ८ दशमलब ३८ प्रतिशतबाट ४ दशमलब २९ प्रतिशतमा झारेको छ।
यस अवधिमा बैंकको चुक्ता पुंजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोष रकम ४६१ प्रतिशतले बढाएर २ अर्ब ६ करोड पुर्याएको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा बैंकको जगेडा कोषमा ३६ करोड ६३ लाख थियो ।
बैंकको यस अबधिमा प्रति सेयर आम्दानी २९ रुपैयाँ ७८ पैसा, प्रति सेयर नेटवर्थ १३२ रुपैयाँ ८८ पैसा, कर्जा निक्षेप अनुपात ७१ दशमलब १० प्रतिशत रहेको छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी पुर्याउन बैंकले ४० प्रतिशत बिक्री गर्ने योजनामा रहेको छ । ४० प्रतिशत हकप्रद बिक्री तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब २२ करोड पुग्नेछ। बैंकले सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकममध्ये एक अर्ब ७२ करोड १७ लाख रुपैयाँ राइट ब्याक समेत गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया