प्रभु बैंकको १० लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_550,h_422/https://businesspati.com/wp-content/uploads/2017/06/prabhu-bank-limited1.jpg)
काठमाडौं ६ माघ
प्रभु बैंकको कार्तिक २१ गतेदेखि कार्तिक २७ गतेसम्म बिक्री गरेको ‘प्रभु बैंक डिबेन्चर २०८६’ को १० लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकको सो ऋणपत्र सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले निष्काशनमा ल्याएको कूल १० लाख इकाईमध्ये ४ लाख इकाई सर्वसाधारणमा जारी गरिएको थियो भने ६ लाख इकाई बैंकले व्यक्तिगत तरवबाट संघ संस्थालाई बिक्री गरेको थियो ।
बैंकले जारी गर्ने १० वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी पाउनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया