प्रभु महालक्ष्मी लाइफको अभिकर्ता मिलन समारोह सम्पन्न

काठमाडौं ४ साउन २०८०-प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले श्रावण २ गते देशका विभिन्नल ठाँउमा अभिकर्ता मिलन समारोह सम्पन्न गरेको छ।एकिकृत कारोबारपछि साविक प्रभुलाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई एकिकृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।श्रावण २ गते झापाको बिर्तामोड, पर्साको बीरगंज, दाङ्गको घोराही र कैलालीको धनगढीमा कार्यक्रम आयोजना भएको थियो।

कार्यक्रममा दुवै कम्पनीका व्यवसाय दिएका सक्रिय अभिकर्ताहरुलाई सहभागि गराइएको थियो।चारै ठाँउमा भएको कार्यक्रममा सय–सय जना भन्दा बढी अभिकर्ताको उपस्थिति थियो।कार्यक्रममा मर्जरपछिको बीमा कारोबारको अवस्था, प्रचलनमा ल्याउने पोलिसीहरु, एजेन्सी सिस्टम र एजेन्सी स्किमबारेमा अभिकर्ताहरुलाई प्रशिक्षण दिइएको थियो।

विर्तामोडमा सोनवहादुर मगर र प्रभाकर न्यौपाने, वीरगंजमा प्रयास श्रेष्ठ र सीताराम धिमाल, घोराहीमा प्रशान्तराज धमला र योगेन्द्र प्रसाद खतिवडा तथा धनगढीमा किशोर प्रसाद लामिछाने र रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया