प्राइम लाइफको ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद सेयर बिक्री खुल्ला

बिजनेसपाटी २७ फागुन

प्राइम लाइफ इन्स्योरेन्सले आज आइतबारदेखि १६० हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रदमा फागुन २७ गतेदेखि बैशाख २ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीले साविकका सेयरधनीलाई  १ बराबर १.६० को अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको हो ।  गत फागुन १७ गते  हकप्रद सेयर प्रयोजनका लागि प्राइमले सेयरधनी दर्ता पुस्तिका बन्द गरेकोले १६ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँड पश्चात कम्पनीको पुँजी १ अर्ब ५८ करोढ रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा कम्पनीले ११ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया