प्रुडेन्सियल इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद आजबाट

काठमाडौं, १६ पुस ।

आजबाट प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले १ कित्ता बराबर ०.३० कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रदमा मंसिर १४ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन पाउने छन् ।कम्पनीले १२ लाख ८३ हजार ४० कित्ता हकप्रद शेयर निष्कानस गरेको हो । १२ करोड ८३ लाख ४ सय रुपैयाँ बराबरको हकप्रदमा माघ २१ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी ५५ करोड ५९ लाख ८४ हजार रुपैयाँ पुग्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया