फागुन १८ गतेदेखि ऋणपत्र निष्कासन गर्दै एभरेष्ट बैंक

काठमाडौं ११ फागुन, २०८१ ।

ब्याजदरमा केही हेरफेर गरेर एभरेष्ट बैंकले यही फागुन १८ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ ।

मुद्दतीतर्फ र्बंकले दश वर्ष अवधिको ७.५० प्रतिशत वार्षिक ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८१’ निष्कासन गर्न लागेको छ । एभरेष्ट बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र पनि निष्कासन गर्न लागेको छ ।

यसैगरी ६० प्रतिशत अर्थात् एक अर्ब ८० करोड रूपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात एक अर्ब २० करोड रूपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने भएको छ ।

यस्तै सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ भने सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ र अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यही फागुन २१ गतेसम्म उक्त ऋणपत्रमा आवेदन दिन सकिनेछ भने उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि आगामी चैत्र तीन गतेसम्म लम्बिने भएको छ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक भने लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको जानकारी गराइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया