फागुन २३ गते १५औं शिव पार्वती रथयात्रा आयोजना हुने

काठमाडौं २८ माघ २०८० ।
फागुन २३ गते अर्थात शिवरात्रीको दुइ दिन अघि बिजय एकादशीको पावन अवसरमा बृहत शिव पार्वती रथ यात्रा आयोजना हुने भएको छ । भब्य रुपमा आयोजना गर्न लागिएको सो रथ यात्रामा सहभागी हुन समत्त भक्तजनहरुलाई मानव कल्याण आध्यात्मिक प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा श्री शिवतान्त्रिक गुरु बुद्धिसागर खड्कीले पत्रकारहरुमार्फत विशेष आवहान् गर्नुभएको छ । हरेक बर्ष गरिँदै आइएको शिव पार्वती रथयात्रा फागुन २३ गते १५औं पटक झन् भब्य रुपमा गरिन लागिएको शिवतान्त्रिक गुरुले बताउनु भयो । सो दिनका लागि हामी एउटै आमाका सन्तानहरु सबैले उपस्थीति जनाउनु हुन र मात्र तिल एक मुठी लिएर आउन उहाँले अनुरोध गर्नु भएको छ । ४ ओटा होमहोमादी बन्ने र बाँकी भएको एक मुठी तिलमध्येको केही पानी कुण्डमा चढाइने उहाँले बताउनु भएको छ । मृतक आत्मलाई चिरशान्तिको कामना गर्न र जिँउदाहरुलाई सत्यको प्राप्त गर्ने कामना गर्न तिल चढाइने उहाँले बताउनु भयो ।
रथयात्रामा झण्डै १५ हजार भक्तजनहरु सहभागी हुने र त्यसका लागि ८४ ओटा बस ठेगान गरिसकेको उहाँले बताउनु भयो । ललितपुरको बालकुमारी मन्दिरदेखि भक्तपुर र काभ्रे जिल्लाको संगमस्थल कलममसीसम्म रथयात्राको आयोजना हुने उहाँले जानकारी दिनुभयो । श्री शिवतान्त्रिक गुरुले समग्र मानव कल्याणका लागि रथयात्रा गर्न लागिएको र कलममसीमा विश्वकै ठूलो र अल्लो शिव मूर्ति बनाउने कार्य धेरै नै अघि बिढरहेको बताउनु भयो ।
सो शिवमुर्ति धार्मिक पर्यटन प्रवर्द्धन गर्न मानव कल्याण आध्यात्मिक प्रतिष्ठानले बनाएको उहाँले बताउनु भयो । १ सय ८ रोपनी क्षेत्रफलमा बनाइएको उक्त मूर्ति १ सय ८ फिट अग्लो भएको र त्यसको उद्घाटन २ बर्ष भित्रमा गरिने पनि उहाँले बताउँनु भयो । यो क्षेत्रमा शिवको मूर्तिबाहेक बुद्ध, मायावती, बुद्धका ७ पाइला, श्री १ सय ८ आवल ब्रम्हचारी बालागुरु षडानन्दको मूर्ति पनि राखिन लागिएको जानकारी दिनुभयो । प्रतिष्ठानले धार्मिक, सांस्कृति तथा आध्यात्मिक क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि बिभिन्न कार्यहरु गर्दै आएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया