फिल्म एडिटिङमा साहिलको उकालो यात्रा
बिजनेसपाटी १३ श्रावण ।
सन् १९८७ मा कपिलबस्तु जिल्लाको रङगपुरमा जन्मिएका हुन् साहिल खान । साहिल यतिबेलाका चल्तीका फिल्म एडिटर हुन् । १७ बर्षकै कलिलो उमेरमा उनी काठमाण्डौ छिरे । काठमाण्डौ छिरेदेखि साहिलका दिनहरु कम्ता संर्घषमय थिएनन् । सानै उमेरदेखि फिल्म क्षेत्रलाई आफनो सपना बनाएका उनले गाउँमा नयाँ फिल्मको प्रचार गर्दै रिक्सा आउँदा आफु त्यसकै पछीपछी दौडने गरेको अतित सम्झन्छ । भन्छन् ‘म सानैदेखि फिल्म क्षेत्र रुचाउने, कुनै नयाँ फिल्म रिलिज भयो की कयौं किमि हिँडेरै हलमा पुग्थे’ ।
उनले फिल्म एडिटर बन्ने आफनो सपना पुरा गर्न २ बर्ष एरिना मल्टी मिडियामा फिल्म एडिटिङ सम्बन्धी अध्ययन गरे । त्यसपछी उनको यस क्षेत्रमा संर्घष दिनहरु सुरु भयो । सन् २००८बाट त उनी व्यवसायिक एडिटर नै भए । र, यसबीच उनले २ दर्जन भन्दा बढी फिल्महरुको एडिटिङ गरिसकेका छन् । उनले काम गरेको फिल्महरुको नामलिँदा ‘रामियो’, ‘मेला’, ‘सकुन्ताला’, ‘आवेग’,‘च्याम्पिएन’, वेष्ट फ्रण्ड’,‘फरइबर’ लगायत पर्दछन् । त्यसैगरी उनको आउँदै गरेका फिल्महरुमा ‘लब डायरिज’,‘छिरिङ’,‘भिलेन’, होलिडे लगायत रहेका छन् । राम्रो काम गरेकै कारण आफुले अधिकाशं फिल्म निर्देशक निर्माताहरुबाट माया पाएका खान बताउँछन् ।
फिल्म एडिटिङको क्षेत्रमा काम थालेदेखि पछाडी फर्केर हेर्न नपरेको र आर्थिक रुपमा पनि आफु सन्तुष्ट रहेको उनी बताउँछन् ।
साहिलको वुवा पेशाले इन्जिनियर हुन् । उनी विधुत प्राधिकरणमा काम गर्छन् । साहिललाई पनि इन्जिनियर नै बनाउने उनको धोको थियो । तर साहिलको चाहना फिल्म क्षेत्रमै भएपछि उनले रोक्न चाहेनन् । तर अहिले साहिलले कमश हासिल गरेको उपलब्धीले उनको परिवार खुशी छ ।
नेपाली फिल्मी क्षेत्रमा सबैभन्दा बढी खोजिने एडिटरको परिचय साहिलले बनाएका छन् । यतिसम्म की कामकै व्यवस्तताका कारण उनले विवाह भ्याएका छैनन । तर अव छिटै विहे गर्ने आफनो सोच रहेको उनी बताउँछन् ।
परिवारको सर्पोट विना नै यस क्षेत्रमा जमेका साहिलले विगत ६ बर्षयता आफनै कम्पनी ‘पोष्ट पोडक्सन’ खोलेका छन् । जसमा उनले ६ जनालाई रोजगार बनाएका छन् । एउटा फिल्म एडिटिङ गरेको औषत ३ लाख लिने गरेका छन उनले । यस क्षेत्रमा प्यासिब भएर लागे सफल भइने उनको अनुभव छ ।
उनले कामको सिलसिलामा धेरै मान्छेहरु चिने, धेरै चर्चित कलाकारहरुसँग काम गरे, अनुभव बटुले र थोरबहुत पैसा पनिकमाए । जसकारण उनी आफनो पेशाबाट खुशी छन् । आफुल ठान्दछन् । उनले हालसम्म एलजी फिल्म अर्वाड, बक्स अफिस अर्वाड, डी सिने अर्वाड जस्ता पुरस्कार पाइसकेका छन् ।
यस क्षेत्रमा आउन सार्प, फोकस र अहिलेको टेन्डसँग हिँड्न सक्ने हुनुपर्ने बताउँछन् । फिल्मको लागि एडिटिङ अत्यन्त संवेदनशील र महत्वपुर्ण रहेको उनको अनुभव छ। उनको काम, नयाँ प्रयोग तथा नौलो परिकल्पना आदिले आज आएका नयाँ चलचित्र सम्पादकहरुले समेत अनुशरण गर्दै आएका छन । उनी नेपाली फिल्म उधोगलाई हलिउडकै दाँजोमा पु¥याउने उनका अभिलाषा छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया