फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना, ७ जनाको मृत्यु
काठमाडौँ २४ साउन
विजनेसपाटी सम्बाददाता-गोरखाबाट काठमाण्डौका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेल्कोट गाविसस्थित बेतिनी जंगलका दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा परी हेलिकप्टरमा सवार ७ जनाको मृत्यु भएको छ । नुवाकोट जिल्लाको बेलकोट गाविस-८ बेतिनीमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले बताए।
गोरखाबाट ५ दिनको बिरामी शीशूसहित ६ जना सवार हेलिकप्टर सोमबार दिउँसो १२: २२ मा सम्पर्क बिहिन भएको थियो। उक्त हेलिकप्टरमा १९ वर्षीय सुत्केर प्रिति गुरूङ र उनको ५ दिनको शिशुसँगै उनका ससुरा ६० वर्षीय कितमान गुरूङ, सासु ५६ वर्षीय अज्ञानी गुरूङ, लक्ष्मी गुरूङ २२ वर्षीया निशा तामाङ हेलिकप्टरमा सवार थिए भने हेलिकप्टर पाइलट रञ्जन लिम्बुले उडाएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया