फोनपेले ल्यायो ‘सक्षम नारी’ अभियान

काठमाडौं, फागुन २१, २०८१ । भुक्तानी नेटवर्क फोनपेले ‘सक्षम नारी’ नामक नयाँ अभियानको शुभारम्भ गरेको छ।

भुक्तानी नेटवर्क फोनपेले राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंक, इसेवा र एभरेष्ट बैंकसँगको साझेदारीमा ‘सक्षम नारी’ नामक नयाँ अभियानको शुभारम्भ गरेको छ ।

महिलाहरूलाई डिजिटल वित्तीय समावेशन, प्रविधिसँग नजिक र पूर्ण आत्मनिर्भरता बनाउने उद्देश्यले यस अभियानको थालनी भएको हो । यसलाई अझै सशक्त रुपमा अगाडि ढाउन यस अभियानको मुख्य उद्देशय हो ।

नेपालको आर्थिक वृद्धिमा नेपाली महिलाहरूको योगदान अत्यन्त महत्त्वपूर्ण रहेको छ यसैलाई मध्यनजर राख्दै फोनपेले डिजिटल वित्तीय सेवाहरूमार्फत महिलाहरूलाई अझ बढी सशक्त पार्ने कार्यमा प्रतिबद्धता समेत जनाएको छ।

महिलाहरुलाई डिजिटल वित्तीय सेवाहरू प्रयोग गर्न प्रोत्साहित गर्दै उनीहरूले आफ्नो अन्य महिला साथीहरूलाई पनि यसको फाइदाबारे जानकारी दिन प्रेरित गर्ने उद्देश्यले ‘सक्षम नारी’ अभियानको प्रारम्भ गरेको हो । प्रविधिको विकाससँग पिछडिएका महिलाहरुलाई एक कदम अगाडि ल्याउने मुख्य उद्देश्यका साथ महिलाहरूमा डिजिटल वित्तीय सेवाहरूको बारेमा जानकारी र सचेतना प्रदान गर्न थोरै भए पनि यस अभियानले मद्दत गर्ने छ । महिलाहरूलाई डिजिटल भुक्तानीका फाइदाबारे शिक्षित गर्ने र तिनीहरूलाई दैनिक जीवनमा डिजिटल भुक्तानीको प्रयोगमा प्रेरित गर्नेछ। साथै यस अभियानका माध्यमबाट महिलाहरूलाई डिजिटल भुक्तानी र मोबाइल बैंकिङ सेवाका बारेमा प्रशिक्षण र स्रोतहरू उपलब्ध गराइने छन्।

यो अभियान मार्च ३१ सम्म चल्ने छ भने यस अभियानमा सहभागी हुन महिला प्रयोगकर्ताहरूले हाम्रो पार्टनर बैंकहरुको मोबाइल बैंकिङ एपद्वारा फोनेपेका कुनै पनि सेवाहरू न्यूनतम ३ पटकसम्म प्रयोग गर्नुपर्ने हुन्छ जसले नगद भुक्तानीबाट डिजिटल भुक्तानीको प्रणालीमा सहज र सुरक्षित संक्रमण सुनिश्चित गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया