बंगलादेशले अनुदानमा दिएको चामल कर्मचारी अवरोधले अनलोड भएन
बंगलादेश सरकारले दिएको अनुदानको चामल लिएर आएका १७ वटा ट्रक नेपाल खाद्य संस्थानका एकजना सरुवा भएर गएका कर्मचारीका कारण खाद्य संस्थानमा अनलोड हुन सकेका छैनन् ।
नेपाल खाद्य संस्थानको विर्तामोड गोदाममा थन्काउन चामल लिएका आएका ती ट्रक संस्थानकै पूर्वस्टोर किपर यज्ञप्रताप अधिकारीले संस्थानमा काम गर्नेवाहेकका मजदुरलाई संस्थानको हाताभित्र प्रवेश गर्न नदिएपछि एक दिनमा बढीमा ६ वटा ट्रक मात्र अनलोड हुन पाएका छन् । आजको अन्नपूर्णमा समाचार छ ।
संस्थानका मेची अञ्चल प्रमुख मार्कण्डेयप्रसाद जैसवालले हालै सरुवा भएर अन्यत्र गएका पूर्वस्टोर किपर अिधकासरीको असहयोगका कारण समयमा ट्रक अनलोड हुन नपाएको बताए । अधिकारी नेपाली कांग्रेस आवद्ध ट्रेड युनियन कांग्रेस झपाका अध्यक्षसमेत हुन् ।
बंगलादेशबाट चामल ढुवानीको जिम्मा लिएका ठेकेदार श्याम प्रसाइलेअधिकारीले बाहिरका मजदुर ल्याएर काम गर्न नदिएको भन्दै आफू मारमा परेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया