बजारमा थपियो ३६ लाख बढी कित्ता सेयर

बिजनेसपाटी ८ अशोज

यस साता सेयर बजारमा दुई कम्पनीको गरि ३६ लाख ३५ हजार ९२५ कित्ता सेयर थपिएको छ ।  सेयर थप गर्ने कम्पनीहरुमा भदौ २९ गतेमात्र एफपिओ बाँडफाँड गरेको पोखरा फाइनान्स कम्पनीको ९ लाख ८३ हजार ६८२ कित्ता सेयर सूचीकरण भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको वितरण गरेको २४.८ प्रतिशत बोनस वापतको २६ लाख ५२ हजार २४३ कित्ता सेयर पनि बजारमा सूचीकरण भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया