बजेट (कविता)

नन्दलाल खरेल

आशा थियो वजेट जनमुखी आउने
तर आयो दलाल पूँजीवादलाई हित गर्ने

आशा थियो वजेट गरिब किसानको लागि आउने
तर आयो डन तस्कर माफीयालाई हित गर्ने

आशा थियो वजेट अर्थतन्त्रलाई पुनर्रत्थान गर्ने
तर आयो चुनाव लक्षित खर्च गर्ने

आशा थियो बजेट उद्योग मैत्री आउने
तर आयो राष्ट्रिय उद्योग ध्वष्त गर्ने

आशा थियो वजेट रोजगारीको सृजना गर्ने
तर आयो रेमिट्यान्स अर्थतन्त्र बाट देश चलाउने

आशा थियो वजेट समाजवादी आउने
तर आयो सधै पूँजीवादलाई नै सधै बचाउने

आशा थियो वजेट जनता रिझाउने
तर आयो खोप अक्सिजन भेन्टिलेटर अनुदानमा माग्ने

आशा थियो वजेट पूँजीगत खर्चलाई वढाउने
तर आयो पुँजीगत बजेट खर्चलाई संकुचन गराउने

आशा थियो वजेट संसदमा छलफल गरी आउने
तर आयो संसद विघट्न गरी अध्यादेशबाटै स्वीकार्ने

आशा थियो वजेट मुद्दाकेन्द्रित आउने
तर आयो राजनीतिक संस्कृतिको धज्जी उडाउने

आशा थियो बजेट सार्वजनिक ऋण घटाउने
तर आयो सार्वजनिक ऋण दोब्बर बढाउने

आशा थियो वजेट उत्पादन वढाउने
तर आयो राजनीतिक स्वार्थ केन्द्रित बनाउने

आशा थियो बजेट राजस्व वृद्धि गर्ने
तर आयो राजस्वको रकमले चालु खर्च नधान्ने

प्रकासित मिति २०७८–२–२५

फेसबुकबाट तपाईको प्रतिक्रिया