बजेटलगत्तै प्रचण्डले ओली सरकार ढाल्ने

काठमाडौँ ९ जेस्ठ

आगामी आर्थिक वर्षको बजेटलगत्तै नयाँ सरकार गठन हुने भएको छ ।
सत्तागठबन्धनका प्रमुख दल नेकपा एमाले र तत्कालीन एमाओवादीबीच वैशाख २३ मा भएको नौ बुँदे सहमति र भद्र सहमति बमोजिम सत्तारुढ दल नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट प्रस्तु गरेपनियाँ सरकार गठनको गृहकार्यमा जुटने तयारीमा छन् ।

दुई दलबीच सहमतिअनुसार जेठ तेस्रो साताबाट नयाँ सरकारको गृहकार्य सुरु हुने नागरिक दैनिकमा खबर छ । पेस्की खर्च विधेयक संस्दबाट पारित भएपछि नयाँ सरकार गठनका लागि गृहकार्य सुरु हुन्छ । माओवादी निकट स्रोतले भन्यो, ‘बजेट पारित भएपनि नयाँ सरकार गठन हुनेछ ।’ आफनै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री केपी ओलीले आफनै नेतृत्वमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न दिए लगत्तै सरकार नेतृत्व छाडिदिने विश्वास दिलाएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया