बढ्यो सुन–चाँदीको मूल्य

काठमाडौं, फागुन २८ । आज (बुधबार) पनि नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । आज सुन तोलामा ६०० रुपैयाँले वृद्धि भएको छ भने चाँदी पनि तोलामा ३० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार बजारमा छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज (बुधबार) नेपाली बजारमा चाँदी प्रतितोला दुई हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया