बलिउड अभिनेत्री प्रियंकाले बिबाहबारे मुख खोलिन

मुम्बई (एजेन्सी) २० बैशाख  ।

बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो विवाका विषयमा हल्लामात्र फैलाएको बताएकी छिन् । केही दिनअघि प्रियंकाको एक तस्वीरलाई लिएर सामाजिक सञ्जालमा गुपचुपमै विवाह गरिने भन्ने हल्ला फैलिएको थियो ।  प्रियंकाले उक्त तस्वीरमा हातमा ब्रेसलेट लगाएकी थिइन्, जसलाई मानिसहरूले मंगलसुत्र भनेर चर्चा गरेका थिए । त्यसैलाई लिएर उनले गुपचुप विवाह गरेको हल्ला फैलियो ।

प्रियंकाले मंगलसुत्र भनिएको ब्रेसलेटको तस्वीर आफ्नोे ट्विटरमा शेयर गरेकी छिन् । विवाहको चर्चाप्रति उनी मज्जाले हाँसेकी छिन् । ‘हाँहाँहाँहाँ’ यो त नयाँ स्तरको अफवाह हो । यो एउटा दुष्ट आँखाको हेराइ हो । शान्त हुनूस् । जब मेरो विवाह हुन्छ, म सबैलाई बताउनेछु । यो गुपचुप हुने छैन ।’ उनले सबैलाई भनेरैमात्र विवाह गर्ने अन्य अन्तर्वातामा पनि भन्दै आएकी छिन् । प्रियंका यतिबेला आसाममा छिन् । उनी आसाम टुरिज्मकी ब्रान्ड एम्बेसडर हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया