‘बागमतीमा फोहोर भेटिन्जेल ग्रीनसिटिले सरसफाइ जारी राख्नेछ’–अध्यक्ष टण्डनसँगको अन्तर्वार्ता

लोकबहादुर टण्डन, अध्यक्ष ग्रीनसिटि हस्पिटल प्रालि

१) ग्रीनसिटि हस्पिटलको बागमती सफाई अभियानबारे केही बताइदिनुहोस् न ?

०७० साल जेष्ठ ५ गतेबाट सुरुवात गरिएको हाम्रो यस बागमती सरसफाई अभियानको मुल नारा हो ‘सरसफाइ बढी गरौं, हस्पिटलमा कम जाऔं’ । त्यही नारा र उदेश्यको साथमा मैले यस अभियानलाई अघाडी लिएर हिँडे । हस्पिटल त मेरो आफनो परिचय मात्र भयो । तर मैले काम गर्न खोजेको देश परिवर्तनकै लागि हो । समाज परिवर्तनका लागि हो । त्यसैका लागि हामी अलिकति मिहिनत गरिरहेका छौ । जबसम्म राज्यले जिम्मा लिँदैन । जबसम्म स्थानिय निकायले जिम्मा लिँदैन । तबसम्म हाम्रो अभियान जारी गर्ने छौ भन्ने सोच छ । र, यसमा खासगरेर ग्रीनसिटि हस्पिटलबाटै सरसफाइ गर्नुको पछाडी अलिकति कुरा के आयो भन्दाखेरी सरसफाई बढी गर्दा रोगब्याधहरु कम लाग्ने हुन्छ । र, हस्पिटलमा कम जानु परोस् भन्ने उदेश्यका साथ यो थालियो ।

२) सफाई अभियानलाई सरकारले निरन्तरता दिन नसकेको अवस्थामा यहाँहरुले निरन्तरता दिइरहनु भएकै छ । के कुराले प्रेरणा मिल्यो ?

कनैपनि काम गर्दा ‘रिजल्ट वरेन्टेड’ काम गर्नुपर्छ । काम आज गर्ने भोली नगर्ने त्यस्तो हुदैन । अब सरकारले कहाँ के ग¥यो, अरुले कहाँ के गरे मलाई त्यस विषयमा प्रवेश गर्न जरुरत रहेन । तर मेरो सवालमा बर्षमा ३६५ दिन हुन्छ । मैले जम्मा हप्ताको दुइ घण्टा काम गरेको छु । महिनाको ८ घण्टा काम गरेको छु । बर्षको ९६ घण्टा काम गरेको छु । त्यो जम्मा रातदिन गरेर ४ दिन मात्र पुग्छ । ३६५ दिन मध्ये मैले ४ दिन राज्यका लागि दिँदा यदी देश परिवर्तन हुन्छ भने किन नदिने भनेर मैले बागमतीमा जवसम्म फोहोर खोज्दा पाइदैन । तबसम्म यो अभियान छोड्दिन । त्यसरी म लागि रहेको छु ।

३) ग्रीनसिटि हस्पिटलको सेवा सुबिधाप्रति मानिसहरु विस्वस्थ देखिन्छन् । हस्पिटललाई एवंरितले प्रगतीपथमा लाने कुरामा यहाँलाई कसरी सफलता मिल्यो ?

हस्पिटलको बिषयमा कुरा गर्दा म आफु यस क्षेत्रको ब्यक्ति त थिइन । म चाँही एउटा कर्मश पढेर यस क्षेत्रमा काम गर्दैगर्दा हस्पिटल खोल्ने प्रेरणा चाँही मैले आफैबाट पाएँ । मेरो आफनै अप्रेसन पनि भएको थियो । कुनै हस्पिटलमा मैले अप्रेसन गरेको थिएँ । अप्रेसन हुँदा लोडशेडिङ भयो । लोडशेडिङ भइसकेपछि मैले डाक्टरलाई सोधे ‘मलाई कुनै अप्ढेरो त हुदैन’ भनेर । डाक्टरले चाँही हुदैन भन्नुभयो । लाइन कतिखेर आँउछ भन्दा २ मिनेट भन्नुभयो । तर ५ मिनेटमा आयो । कम्मरदेखि तल घुँडाको अप्रेशन गर्दा मैले तलको पार्टमात्र बेहोस गराएको थिएँ । मलाई मेरो आफनो अप्रेशन टिभिमा डक्टरले मलाई देखाइरहनु भएको थियो । मैले त्यसैदिन एउटा प्रतिबद्धता गरेँ एउटा लोडसेडिङ रहीत हस्पिटल खोल्छु भनेर । त्यसैको प्रेरणा नै ग्रीनसिटि हस्पिटल हो ।


यस हस्पिटल भित्रका जो सेवाका कुराहरु भए । हस्पिटल चल्ने, गुणस्तरका कुराहरु भए । यसमा मैले अक्सर गरेर यस हस्पिटल भित्र असाहय, गरिवहरु जोसँग पैसा छैन । त्यस्ता ब्यक्तिहरुलाई पैसा नभइकन पनि ग्रीनसिटि हस्पिटलमा उपचारबाट बञ्चित हुनुपर्दैन भन्ने खालको संदेश छरेँ । त्यही नै हो आज हस्पिटल चल्नुको कारण । मैले मुगुबाट मुटुका अप्रेशनका लागि ल्याइएका करिव २० मध्ये १६ जनाको हामीले निशुल्क मुटुको अप्रेशन समेत ग¥यौं । ओखलढुङामा १३ बर्षसम्म पेटमा दिशा राखेर बसेको लोकमाया सुनारको ८ किलो दिशा निकालेर पनि हामीले फ्रीमा औषधी ग¥यौ । र, त्यस्ता धेरै धेरै केसहरु ग्रीनसिटिबाट गरेका छौ । अब सबै कुरा गरेँ भने त एक घण्टाको पनि न्युज बन्नसक्छ । तर अब त्यो मात्र भन्न पनि भएन । म अलिकता छोटकरीमा र मान्छेले पढदा पनि झर्को नलाग्ने र के हो त यो भन्ने पनि बुझ्ने गरी यहाँलाई भन्न गइरहेको छु । अनि त्यस्तै गरेर अप्रेसनहरु पनि धेरै गरियो । ३५० ओटा प्राइभेट क्षेत्रका हस्पिटलहरु छन् । ३५० हस्पिटलहरुले नगरेका कामहरु छोटो समयमा ग्रीनसिटि हस्पिटलले गरेको कुराहरु विभिन्न युटुब च्यानलहरु, समाचारहरु, अनलाइनहरुमा आएका छन् । त्यही नै मैले गुणस्तरीय बनाउनका लागि सबभन्दा पहिला कुनै मान्छेहरु तर पैसा नभएर अप्रेसन गर्नैपर्ने खालका केशहरुलाई फ्रीमा गरिदिने गरेको हुनाले पनि यो हस्पिटल छोटो समयमा अघाडी बढेको छ ।

४) यस हस्पिटलले खागरी के केमा प्राथमिकता दिएको छ ?

हम्रो यो जनरल हस्पिटल हो । यसभित्र यो सेवा हुदैन भन्ने खालको छैन । हामी खास गरेर फोकस त एउटा विषयमा जानुपर्ने हो । हामीले त्यसका लागि पहिला आँटेको, पछि हामीले हरेरिरहेका थियौं । जो रोड एक्सिडेन्ट भएर आउने विमारीहरु छन् । त्यस्ता बिमारीहरुलाई हामीले हेरिरहेका थियौ । जसलाई अहिले ०६९ माग १६ बाट हस्पिटल खोलेका हौ । जव हस्पिटल खोल्यौ । त्यसपछी निरन्तर ०७४ सम्म प्रत्येक बर्षको दशैंको पछाडी रसुवा नवाकोटको बाटोमा ठुल्ठुला केजुअल केसहरु एक्सिडेन्टमा परे । ती केशहरुलाई ग्रीनसिटिमा ल्याएर हामीले औषधी उपचार गर्ने जर्मर्को ग¥यौ । र, गरेर पनि देखायौ । प्राय सरकारी हस्पिटलमा रहेका बिमारीहरु पनि ग्रीनसिटिमा लान्छौ भनेर आए । त्यतिखेर पनि न्युजहरुमा अलिअलि आएको थियो ग्रीनसिटि हस्पिटलले पैसाले विमारी किन्यो भनेर । तर हामीले कसैसँग किनेका पनि थिएनौ र बिमारी आफै आइरहेका थिए । अहिले पनि ग्रीनसिटि हस्पिटल भित्र यहाँ महाराजगञ्ज, धापासी, गोगंबु र बसुन्धरा एरियामा करिव २७०० बेडका हस्पिटलहरु छन् । हामीले कसैसँग प्रतिस्पर्धा गर्नु परेको छैन । आफनो स्प्रीडमा हस्पिटल चलेको छ । हामीले सेवा नै सबैभन्दा राम्रो दिन खोजेका छौ । डाक्टरहरुको टीम राम्रो छ । त्यसले गर्दा पनि हस्पिटल राम्रो गरी चलेको छ । र, रोगका बिषयमा अक्सर गरेर हामीले सम्पुर्ण यहाँ आँखाको सर्जरी हुदैन । अरु सबै किसिमका सेवाहरु हामीले दिन सकेका छौ । र, अहिले भर्खर मात्रै हामीले किड्नी डायालासिस्को पनि नेपाल सरकारको निशुल्क सेवाबाट त्यो चलाएका छौ । ओपन हर्ट सर्जरी त भइ नै हाल्यो । र, आइभिएफ जो चाँही निसन्तान बाबु आमा छन् । उनीहरु पनि निसन्तान बस्न नपरीकन हामी इफर्टीलिटि आइभिएफको पनि स्थापना गरेर चलाइरहेका छौ ।
५) हस्पिटललाई अझ परिस्कृत एवं सेवा सुबिधा सम्पन्न बनाउन थप केही योजना छन की ?

म एउटा सोसल काम गर्न बढी रुचाउने ब्यक्ति हुँ । मैले आफुले के गरेँ, कहाँ गरेँ । मैले गरेको कामको खादा प्रमाणपत्र चाहिएको होइन । मलाई त्यसको जरुरत पनि छैन । आफुले काम गर्दैगर्दा पाइने कुराहरु आफनो ठाउँमा छदैछ । समाजले मान्छेलाई चिन्नलाई समय लाग्दैन । यो संसारमा राम्रो कुरा बाहिर आउन समय लाग्छ । नराम्रो कुरा मिनेटमा बाहिर निस्कन्छ । त्यसो भएको हुनाले म नराम्रो गर्नेबाट टाढा रहन खोजिरहेको छु । म त्यस्तो बाटोबाट हिँड्ने पनि छैन । अक्सर यहाँले जो कुरा सोधीरहनु भएको छ । यो छोटो अवधि भित्र ग्रीनसिटि हस्पिटलका कामहरुका कुराहरु भए, सरसफाइका कुराहरु भए, सोसल कामका कुराहरु भए । अहिले छोटो समयमा ग्रीनसिटि हस्पिटलले जुन काम गत्यो सरसफाइका बिषयमा कुरा गर्दा सरसफाइ भन्ने कुरा सजिलो छ । तर गर्न गार्हो छ । समाजमा हामी आर्मी, पुलिस, सशस्त्रहरुको चेन अफ कमाण्डमा चल्ने हो । हामी भनेको मोटिभेसनमा चल्ने हो । पब्लिकले पब्लिकलाई त्यो ठाउँमा पु¥याउन राम्रा काम गरेर देखाउन सक्यो भने मात्रै त्यो ठाउँमा पु¥याउन सकिन्छ । अहिले हामीले यस अभियान भित्र कसैसँग ५ रुपैयाँ उठाउने गरेका छैनौ । कसैले डोका, कुटो, कोदालो अथवा बोराहरु, माक्स, पञ्जा दिए भने हामी लिन्छौ । पैसाको कारोबार हामी गर्दैनौ । किनकी हामी हिसाव राख्न जान्दैनौ । त्यसो भएको हुनाले पनि हामीलाई त्यहाँबाट बाधिन्छौ जस्तो लाग्दैन । सोसल काम गर्दैगर्दा कतिपय कुराहरु त्यहाँ पनि छन । कतिपय काम हामीले सोचेर बुझेर गर्नुपर्ने हुन्छ । यसमा जतिपनि काम गर्दै गरेका छौ । त्यो गर्दैगर्दा कामले कामलाई नै सिकाउँदो रहेछ । सरसफाई अहिले नेपालका धेरै ठाउँहरुमा भइरहेका छन् । जस्तै काठमाण्डौमा पनि अहिले धेरै ठाउँमा भएका छन् । तर नमुना र देखिने रुपमा हाम्रो भोलियन्टर सर्भिस जो भइरहेको छ चक्रपथ सरसफाइ । यो बागमती पछाडीको एउटा नमुनाको रुपमा देखिएको छ ।

६) अन्त्यमा, हाम्रा पाठकहरुलाई के छन् सन्देश ?

२० बर्षसम्म स्थानिय निकायको चुनाब हुन नसकेको अवस्थामा अहिले स्थानिय निकायको चुनाब भयो । देश प्रदेशका चुनाबहरु भए । नयाँ सरकार बन्यो । स्थानिय निकायबाट चुनाब जितेर जाने, अथवा प्रदेशबाट चुनाव जितेर जाने सम्पूर्ण महानुभावहरु, सम्पुर्ण पाठकबर्गहरुलाई म के भन्न चाहन्छु भने यो देश परिवर्तन गर्ने हामीले नै हो । यो देशबाट २–३ ओटा कुराहरुमा पैसा बाहिरीएको छ । यदी यो देश परिवर्तन गर्ने नै हो भने यो देशमा पैसा रोक्ने काम हामिले नै गरौं । औषधी उपचार, पढाइ लेखाई र मनोरञ्जन र मनोरञ्जनकै विषयमा कुरा गर्ने हो भने अहिले बैंकक बोइङ जहाज चढेर करिव १५० मान्छे प्रत्येक फलाइटमा बैकक जाने गरेका छन् । एउटा फलाइटमा १५० जना मान्छे जाँदा कमसेकम एक जना नेपालीले ५ लाख रुपैयाँ खर्च गर्छ । अब त्यसलाई राज्यले रोक्नु पर्ने हो । त्यसैगरेर विदेशबाट हामीले टुरिष्टहरु भित्राउनु पर्छ । पढ्नका लागि विधार्थीहरुलाई बाहिर जान रोक्नुपर्छ । स्वास्थ्य परिक्षणको लागि विदेश जाने चलन छ । त्यसलाई हामीले रोक्नुपर्छ र अनि मात्र देशमा परिवर्तन हुन्छ ।
प्रस्तुती : रिसव गौतम/जनार्दन न्यौपाने
                                                        प्रकासित मिति २०७५–३–९

फेसबुकबाट तपाईको प्रतिक्रिया