बाघ गणना सुरु
काठमाडौँ ५ पौष
वीरगन्ज-पर्सा वन्यजन्तु संरक्षण कार्यालय आधारमा बारामा पहिलो चरणको गणना हुँदा सन् २०१५/१६ मा १६ वटा बाघ रहेको पाइएको छ।बाघको स्थितिबारे अनुगमन गर्ने उद्देश्यले सञ्चालित बाघ गणना १६६ एकाइ बनाएर सुरु गरिएको राष्ट्र प्रकृति संरक्षण कोष अमलेखगन्जका संरक्षण अधिकृत शशाङ्क पोडेलले बताए । प्रत्येक एकाइमा २५२ किमी क्षेत्रफल र एक जोडी क्यामरा जडान गरी ६६ वटा एकाइमा पहिलोचरणको काम सम्पन्न भएको छ ।
क्यामरा ट्रयापिङ प्रविधिबाट बाघगणना गरिएको छ। तीन चरणमा सो काम सम्पन्न गरिने छ। जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल कार्यालयको आर्थिक सहयोग र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा सो गणना सुरु गरिएको छ ।राष्ट्रिय बाघ गणना अन्तर्गत सो आरक्षणमा सन् २०१३/१४ मा सात र सन् २०१४/१५ मा १० वटा बाघ रहेको कार्यालयले जनाएको छ । पर्सा, बारा तथा मकवानपुरका वन समेटेको सो आरक्षणको क्षेत्रफल ६२७/ ३६ वर्ग किमी छ । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया