बाघले हिन्दि नबुझे पछि….
बिजनेसपाटी १४ कार्तिक
भारतको राजस्थानमा रहेको एक सेतो बाघले हिन्दि भाषा नबुझेपछि उक्त बाघको हेरालुलाई तमिल भाषा पढाउनु परेको छ। अनौठो संयोग के भने बाघ हिन्दि बुझ्दै नबुझ्ने र बाघको हेरचाह गर्ने राम सिंहले तमिल भाषा बुझ्दैनन्।
बाघ दिल्लीमा जन्मीएपनि उसलाई सानैमा चेन्नई लागिएको थियो। पछि वयस्क भएपछि राजस्थानको जनावर साटासाट कार्यक्रम अन्तर्गत उक्त बाघलाई राजस्थान पुर्याइएको थियो। तर बाघले तमिल बाहेक अन्य भाषा नबुझेपछि उसको हेरचाह गर्न समस्या पर्यो। त्यसैले राजस्थानको उदयपूर जिल्लाको वन्यजन्तु प्रसासनले एकजना तमिल भाषा प्रसिक्ष्यक मगाएर राम सिंहलाई तमिल भाषा सिकाइरहेको छ। भने रामा नामक उक्त बाघको हेरचाह समेत उनैले गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया