‘बाफिया कार्यान्वयनमा राष्ट्र बैंकको भूमिका अहम’

काठमाडौं २५ जेष्ठ

बैंक तथा वित्तीय संस्थासम्बन्धी नयाँ ऐनले सञ्चालक तथा संस्थापकलाई बलियो बनाए पनि नियमनकारी निकायले प्रभावकारी नियमन गरेको खण्डमा समस्या नआउने सांसद दीपक कुइँकेलले बताएका छन् ।

संसद्को अर्थ समितिअन्तर्गतको उपसमितिको संयोजकसमेत रहेका कुइँकेलले नयाँ ऐन आउनु नै सकारात्मक रहेको बताए । सबै क्षेत्रको सहमतिमा बाफिया अर्थ समितिले पारित गरेको बताउँदै उनले भने, “उपसमितिका अधिकांश सांसद बैंकिङ व्यवसायमा संलग्न छन् ।

बहुमतीय प्रणालीमा गएको भए पनि हालको व्यवस्था नै हुने थियो ।” नेपाल राष्ट्र बैंकले प्रभावकारी नियमन गरेमा सांसदको बैंक भए पनि संस्थागत सुशासनमा समस्या नहुने उनले बताए ।

संस्थापक तथा सञ्चालकको समयअवधि नतोकिँदा वित्तीय संस्थामा समस्या आउन सक्ने बताउँदै पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले भने, “नयाँ ऐनले वित्तीय क्षेत्रका विगतका समस्या पुनः दोहो¥याउने देखिन्छ ।” जनताको पैसामा संस्थापकले खेल्न नहुने बताउँदै क्षेत्रीले संस्थापक तथा सञ्चालन हाबी हुने गरी ल्याएको ऐनले वित्तीय प्रणालीलाई संकटतर्फ उन्मुख गर्न खोजेको बताए । आजको कारोबार दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया