बारा जिल्लामा डेढ अर्ब भन्दा बढी बजेट फ्रिज

मनिता पाण्डे,बारा 
गत आर्थिक बर्षमा बारा जिल्लाका बिभिन्न सरकारी कार्यालयहरुमा विकासका लागि आएका विभिन्न शीर्षकका बजेटमध्ये १ अर्व ५० करोड ५१ लाख रकम फ्रिज भएको छ । बिकास निर्माणका लागि प्राप्त पुजीगततर्फ १ अर्ब १ करोड २ हजार रकममध्ये ८९ करोड ७१ लाख मात्र खर्च भएको छ । बारामा रहेको जिल्ला बिकास समिति, जिल्ला बन कार्यालय, जिल्ला शिक्षा कार्यालय, भु–संरक्षण कार्यालय, नगरपालिका, गाबिसहरुमा बिकास निर्माणका कामहरु समयमा हुन नसक्दा १० करोड ७१ लाख रकम फ्रिज भएको हो । त्यसैगरी जिल्लाको चालु बजेटतर्फ ४ अर्ब ५ करोड ४६ लाख मध्ये १ अर्व ३९ करोड ८० लाख रकम फ्रिज भएको बाराको कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख चिरजिञ्वी अधिकारीले जानकारी दिए । बारा जिल्लाको बिकास निर्माणमा प्राप्त यति ठुलो रकम फ्रिज हुंदा ठुलै समस्या सिर्जना भएको छ । बिकासे कार्यालयहरुले समयमा बिकास निर्माणका कामलाई अगाडि नबढाउदा यति ठुलो मात्रामा रकम फ्रिज भएको हो । कामहरु समयमै सम्पन्न नगर्दा ठुलो रकम फ्रिज भएकोमा बारा जिल्लाका बुद्विजिबीहरुले चिन्ता ब्यतm गरेका छन् । जिल्लाका स्थानिय निकायहरुमा जन प्रतिनिधी नभएका कारण रकम फ्रिज भएको बाराबासीको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया