बाराकी सिता रिमालले गरिन् बाबुको मृत्युपछि काजक्रिया
लक्ष्मी पाण्डे
बारा २६ भदौ
बाराको गढिमाई नगरपालिका कतर्वा निवासी एक युवतीले बाबुको मृत्युपछि गरिने संम्पुण धार्मिक कार्य आफैले गरेकी छिन । कतर्वा निवासि सिता रिमालले बाबुको मृत्यु भएपछि आफैले काजक्रिया गरेकी हुन् । सामाजिक दबाबका बाबजुद पनि चुनौतिको सामना गर्दै बाबुको पार्थिक सरिरलाई दागबत्ति दिई कृयापुत्री बसेको उनले बताइन् ।
नुवाकोट न्यायलयमा कार्यरत सिताले १३ दिनसंम्म गरिने काजकृया गरेर सामाजिक न्याय मात्र नभै महिला माथि हुने साँस्कृतिक र धार्मिक विभेदको न्यूनिकरण गरेको पंन्डित ऋखेश्वोर बताउँछन । सिताका अनुसार महिलाहरुले सभा संम्मेलनमा बोलेर मात्र हिसा र बिभेद नहटने ब्याबहारमा उतारेर देखाउन हिम्मत गरे सुन्दर समाज निमाणर््ा हुन समय लाग्दैन । यस्ता साँस्कृतिक रुपान्तरणमा समाजका अगुवा पुरुष र महिलाहरुबाट आलोचना खेपे पनि यसले दिने सकारात्मक संन्देशलाई सम्झदै परिवारको सहयोगबाट बाबुको काजकृया गरेको सिताले बताईन । यसअघि बिगतमा बाराको डुम्मरवानाकी सिमा ठकुरीले पनि दाजुसंगै आमाको मृत्यु पछि काजकृया गरेकी थिइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया