‘बालक’ कवितामा युग कवि सिद्धिचरण


स्वयम्भू शाक्य
मान्छेको मन न हो, जुन कुरा मिठो हुन्छ त्यही कुरा मात्र सधैं खाउँखाउँ लाग्छ । जुन कुरा कर्णप्रिय हुन्छ त्यही कुरा मात्र यो कानले सुनौं सुनौं लाग्छ । यो नै मानवको स्वभाव हो । मिठो सबै प्राणीहरूलाई मनपर्ने कुरा हो । राम्रो सबैका लागि उत्तम हुने कुरा हो । त्यसैले महभैंm बोली मिठो भएपछि, कोइलीको स्वरभैंm सुरिलो भएपछि यौटा अनुरागीलाई के चाहियो र ? भोक लागेको बेला चाटी चाटी खाए जस्तै यो आँखालाई सुन्दर कुरा देख्न पाएपछि अन्त तिर कहाँ फर्केर हेर्न मन लाग्छ र ?यो नै प्रकृतिको नियम हो । यो प्रकृतिको नियम भित्रहामी सबै प्राणीहरू बाँच्नुपर्ने रहेछ ।
हिजो बालक थियो तर आज समयले वृद्ध बनाई सकेको छ । हिजो वृद्ध थियो आज समयले डाँडा काटिसकेको छ । यो नै श्वासत सत्य हो । यो सत्यभित्र यौटा नाबालक जसलाई आगोले पोल्छ भनी थाहा छैन । जसलाई पानीले भिज्छ भनी थाहा छैन । जसलाई यो धरतीको सुख र दुःखको कुरो के थाहा ? उसलाई मान्छेहरूको छक्का र पञ्जाको कुरो के थाहा ? केवल आफ्नो परिवारको हाँसोमा हाँसी दिने, केवल आफ्नो परिवारको भरमा बाँचिदिने यौटा बालकको मन चोखो छ । हरियो छ । कञ्चन छ । निर्मल छ । महभैंm गुलियो बोली भएर होला सबैको मन कोमल मुहारमा टाँसिएको छ । जस्तो सुकैं झन्झट भएपनि, जस्तोसुकै थकाई लागेपनि बालक देखेपछि सबै झन्झट र थकाई मेटिने छ । घर पस्दा आनन्द भएर बाबा भनी डगुरिएर काखमा बस्न आउँदा यो संसारमा सबै भन्दा सुखी मान्छे मै हुँ जस्तो लाग्न थाल्छ । त्यसैले यो मन खुशी भएको बेला मन हलुको भएर सिमलको भूवा जस्तै आकाशमा उड्न खोजेको बेला यो मनलाई कसले स्वागत गरिराख्नु पर्ला र ? सल्ल बगेर झरनाको पानी जस्तो बगेको बेला यो मनलाई कसले रोक्न सक्छ र ? त्यसैले भन्ने गरिन्छ , मुटुको माया बलियो हुन्छ । आपूmलाई आगोले पोले पनि आफ्नो मुटुको टुक्रालाई नपोलोस् भनी बचाउन खोज्छ । यो कस्तो माया ? यो कस्तो सम्बन्ध ? यो कस्तो नाता? यो कस्तो दया ? मनैदेखि पलाएपछि सबै थोकमा मायै माया ।
कसको बोली महभैंm ठानी
खूब चाखली चाख्छौं हामी
कसको कोमल मुहडा देखि
बिर्सन्छौं सब झन्झट हामी ?
अलझन बोली दिनभर थाकी
घर पस्दा घर स्वर्ग तुल्याई
बबा भनी काख गरम छाडी
कसले गर्दछ स्वागत आई ?

बालकको मन र मस्तिष्कले सधैं नयाँनयाँ कुराहरूको खोजी गरिन्छ । सकारात्मक सोचको विकासले होला ऊ हरेक कुरा जान्न चाहन्छ । ऊ हरेक कुरा बुझ्न खोज्छ । ऊ हरेक कुरा सुन्न चाहन्छ । ऊ हरेक कुरा बोल्न चाहन्छ । कलिलो माटो भएको नाताले ऊ आफ्नो आकार आपैm बनाउन खोज्छ । संघर्ष गरेर नयाँ टुसा पलाएपछि ऊ समय सँगै हुर्किन खोज्छ । मनमा दुःखन भएपछि उसको मनमा सुख र शान्ति हुनु स्वभाविक हो । अमृतको उद्गम स्थल नै पाएपछि उसलाई चिन्तान हुनु स्वभाविक हो । त्यसैले होलाउसको मुहार सधैं हँसिलो भएर सबैको प्यारो बनेको छ । आँखाको नानी जस्तो सबैको आँखामा टाँसिएर बसेको छ । नक्षत्र बनेर बाबा राजाभनी सबैले पुकार्न थाले पछि यौटा बालक न हो जसले फकायो उतैतिर जानु स्वभाविक हो । उसलाई कसरी हिँड्नु पर्छ भनी थाहा छैन । जसले जसरी हिँडाउन खोज्छ ऊ त्यसरी नै हिडिदिन्छ । किनकि उसलाई बाटामा खाल्टा–खुल्टी र फोहोर छ भन्ने कुराको ज्ञान छैन । ऊ भर्खरै बामे सर्दैछन् । उसलाई के थाहा, लेखाजोखा नभएको यो देवताहरूको राजधानीमा बसेर कसैले अमरावतीको गीत सुनाउँदै हिजो र आजका कुराहरू यौटा बालकले भोलि भोग्न नपरोस् भनी ईश्वरसँग प्रार्थना गर्दैछन् । नौ ग्रहलाई साक्षी राखेर यौटा बालकले भोलि कसरी बाँच्नुपर्छ भनी ईश्वरलाई गुह्य कुरा सिकाउन प्रार्थना गर्दैछन् । झिना मसिनालाई छोडेर चौध भूवनको अधिपति भन्दा अझ बढी खुशी यो दुनियामा को हुन सक्छ र ? त्यसैले आज सबै खुशी छन् । सातलोक र सात पातालको सुख भन्दा यो धरतीको सुखको अनुभूति बेग्लै छन् । त्यसैले होला जसले यो धरतीमा जन्म दिएर मुक्तिको मार्ग खोज्न थाल्छन् । उसले निसन्देह सजिलै तरिकाबाट एक दिन मुक्तिको मार्गमा पुग्ने छन् ।
सुख शान्ति सुधाकसको मनमा
हर्दम हाँसो कसको मुखमा
घरभर सबको लोचनतारा
को हो त्यस्तो बाबा राजा?
कसको लेखा सुरपुर फोका
ग्रहगण केवलमसिना कणिका
चौध भूवनको अधिपतिभन्दा
अझछ सुखी को यस दुनियाँमा?

जीवननदी रहेछ ।सल्ल बगेर एक दिन गन्तब्य सम्म पुग्दो रहेछ । यताउता आफ्नै बाटामा इच्छा र आकांक्षाहरू कालहरहरू समेटिएर जीवन बढ्दो रहेछ । यौटा मन न हो, मनभित्र आगोले पोल्दा पानीको आवश्यकता पर्दो रहेछ । मेघ गज्रेर मुसलधारे पानीले निथुर्क भिज्दा आगोको चाहना बढ्दो रहेछ । त्यसैले यो अन्नपानीको शरीरमा इच्छा र आकांक्षाका तरङ्गहरू छिन छिनमा उम्लिन्छ । छिन छिनमा सेलाएर जान्छ । जसरी समुन्द्रमा छाल उठे जस्तै आकाशमा कालो बादलले छाए जस्तै यो घामपानीको जिन्दगीमा पर्वतबाट झरेको झरना जस्तै हजारौं ढुङ्गाहरूमा ठक्कर खाएपछि जतिसुकै धमिलो पानी भएपनि आखिर संग्लो भएर बग्दो रहेछ । त्यसैले यो भरथेकको जिन्दगीमा ढुङ्गा र माटोको सम्बन्धले आड नपाउने हो भने मान्छेको इच्छा र आकांक्षाहरू कहिल्यै पनि पुरा हुन सक्दैन । मान्छेले कहिल्यै पनि सपनाहरू देख्न सक्दैन । खोजेको कुरा सबै नपाएपनि एक मुठ्ठी सास बाँच्नका निम्ति केहि इच्छा र आकांक्षाहरू पुरा नहुने हो भने मान्छे त्यसै मरेर जानेछ । बगर बनेर जिन्दगी सधैं रोएर बस्नु पर्ने छ ।
सूर्यास्त पछिको सन्ध्यादेखि सूर्योदयपूर्वको उषाकालसम्म रजनीलाई दुःख छ । अँध्यारोभित्र उज्यालोको खोजीमा युगौं युगदेखि शशीको ज्योतिले यो संसारलाई निदाउन खोज्दै छ । आखिर प्रकाश न हो । चन्द्रज्योतिले सूर्यज्योतिको स्थान पाउन नसके पनि सन्ध्या पछिको त्यो रातमा रजनीको आफ्नै पहिचान छ । रजनीको आफ्नै विशेषता छ । रजनीको आफ्नै स्वभाव छ । रजनीको आफ्नै कथा छ । त्यसैले जूनकीरीले जूनदिए जस्तै भोलिको प्रतिक्षामा सुनौला किरणको शुभ साइतसँगै उषा मुस्कुराएर समुन्द्रको सिपीबाट निस्केको बहुमूल्य मोती जस्तो आज यो संसारमा नौलो घाम लागेको छ । नौलो काम गर्नका निम्ति हरेक पलपलमा शुभ साइत छ । सुन्दरै सुन्दरको यो सुरपुर बस्तीमा जनताले खोजेको, जनताले चाहेको, जनताले मानेको, जनताले रोजेको कुरा के हुन सक्छ र ? इच्छा र अकांक्षाहरू जे जस्तो भएपनि आखीर यौटा मान्छेको जीवनमा सुखै सुखको चाहना बढी हुँदो रहेछ । को चाहन्छ र दुःख ? को चाहन्छ र बिग्रेको ? को चाहन्छ र नराम्रो ? को चाहन्छ र अध्यारो ? आखिर मान्छे भएर जन्मेपछि एक वारको जूनीमा उसले सुख चाहन्छ । राम्रो चाहन्छ । उज्यालो चाहन्छ । सुन्दर चाहन्छ । यो नै मानवीय स्वभाव हो । यो नै मानवीय धर्म हो ।
बढ्दो जीवनको सरितामा
आकांक्षाको लहर लहरमा
ठक्कर खाई बारम्वार
अड्छौंकसको पाई आड
दुःख रजनीको चन्दज्योति
सुख प्रभात उषा मोति
सुन्दरताको सुन्दर खानी
को हुन त्यस्ता राजा रानी ।

मान्छे बाँच्नका लागि पञ्च प्राणको आवश्यकता पर्दछ । यही पञ्चप्राणले आत्मालाई जीवित पार्ने भएकोले जीवनदान दिइरहेको हुन्छ । आत्मीय प्राणधन पाइरहेको हुन्छ । जीवन निर्वाहका लागि जीवन शक्तिले जीवन जगलाई मजबूद पारिरहेको हुन्छ । त्यसैले जीवनको जग भन्नु नै प्राण हो । प्राण विना शरीर शून्य छ । घात छ । त्याग छ । नाश छ । भनिन्छ, जीव र आत्माको सम्बन्ध प्राणवायुले निर्धारण गरेको हुन्छ । जब प्राणवायु सकिन्दै जान्छ तब प्राण कष्ट भएर एक दिन सदाका लागि जीवन निदाउने छ । आगोले भष्मपारी खरानी बनाएर नदीमा सेलाउने छ । प्राण विनाको शरीर, आकाश विनाको धरती, पानी विनाको सागर, आगो विनाको मुस्लो भए भैंm जीव र आत्माको सम्बन्धले मात्र मान्छे–मान्छे भएर बाँच्न सक्छ । राग र रागिनीको सुमधुर सम्बन्धमा यौटा ठूलो निष्ठा छ । झुकाव छ । प्रेम छ । हर्ष छ । त्यसैले यो मोहभित्र अनुरागीहरू बाँच्ने गरिन्छ । सुमधुर संगीतमा आ–आफ्नो भावहरू पोखेर भावका स्रोतहरूसँगै यौटा कविले थुप्रै कविताहरूको जन्मदिन सक्छ । समय वितेर के भो ? आखिर समय वित्नका लागि न हो । समय थोपा थोपा भएर नचुरहेको भए समय–समय हुने थिएन । त्यसैले यो जीवनमा थकित भएर बितेका पुराना यादहरूलाई सम्झन्दै चित्तशीतलताको सौम्य वातावरणसँगै आज मान्छेहरू आनन्दको अनुभूति गर्दैछन् । राग रागिनीको कर्णप्रिय सुमधुर गीतमा आज मान्छेहरू मान्छेका साथ पाइरहेका छन् ।
जीवनको जग, प्राणको प्राण
राग रागिनीको सुमधुर गान
भावको स्रोत कविको कविता
थकित वसको चीर शीतलता ।

मह मीठो भएर होला प्राणीहरूले निको मानी चाटी चाटी खान खोज्छ । बोली चोखो भएर होला जतिसुकैं भाषा नबुझे पनि मनको भाव थाहा पाउन सकिन्छ । कोमल त्यसलाई भनिन्छ जसको आत्माले मानव कल्याणको काम गर्छ । स्वर्ग त्यसलाई भनिन्छ जहाँ त्यस्तो सुख कुनै भूवनमा पाउन सकिँदैन । त्यसैले होला यो सुख र दुःखको जीवनमा यौटा बालकले सुखैसुख बाहेक कहिल्यै पनि दुःखदिन सक्दैन । ऊ रुन्छ तर त्यसमा पनि सुख छ । ऊ हाँस्छ त्यसमा पनि सौन्दर्य छ । ऊ रिसाउछ त्यसमा पनि भाव छ । ऊ चल्छ त्यसमा पनि जीवन छ । भोलिको लागि आजैं सिकेर ऊ गन्तव्यमा हिँड्न खोज्छ । उसले आफ्नो दिब्यचक्षुले पहिलैं आफ्नो मार्ग आपैmले नै पहिचान गर्छ ।
प्रकासित मिति २०७९–७–२५

फेसबुकबाट तपाईको प्रतिक्रिया