बिमा प्राधिकरणको अध्यक्षमा तीनजनाको नाम सिफारिस

काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा तीनजनाको नाम सिफारिस भएको छ । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँचजनामध्ये शरद ओझा, रामशरण पुडासैनी र दामोदर बस्यौलाको नाम सिफारिस गरेको हो ।
सिफारिस समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी, अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा ज्योतिचन्द्र ओझा छन् । आज ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले तीनजनामध्ये एकजनालाई अध्यक्ष नियुक्त गर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया