बिमा समितिले कम्पनीहरुसँग पूँजी बढाउने योजना माग्यो
बिजनेसपाटी २१ चैत्र ।
३ महिनाको समय दिँदै बिमा समितिले चुक्ता पूँजी चार गुणा बढाउनेबारे कम्पनीहरुसँग पूँजीबृद्धि योजना माग गरेको छ।
गत शुक्रबार समितिले जीवन बिमाको पूँजी ५० करोडबाट दुई अर्ब र निर्जीवन बिमा कम्पनीको पूँजी २५ करोडबाट एक अर्ब रुपैयाँ पूर्याउन निर्देशन दिएको थियो। २०७५ असार मसान्तभित्र कम्पनीहरुले तोकिएको पूँजी पुर्याइसक्नु पर्ने भएकोले त्यो पूँजी कसरी पुर्याउने भनेर समितिले कम्पनीहरुसँग योजना माग गरेको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया