बीमा नियमावली मार्फत बीमा एग्रिगेटर, बीमालेख निर्माता र अन्डरराइटर कम्पनीलाई पनि लाइसेन्स दिने व्यवस्था

काठमाडौं ७ फागुन २०८१ । माघ २८ को मन्त्रिपरिषद्बाट ‘बीमा नियमावली, २०८१’ स्वीकृत भएपछि बीमा एग्रिगेटर, बीमालेख निर्माता र बीमा अन्डरराइटर कम्पनी स्थापना गर्न बाटो खुला भएको छ ।
बीमा नियमावली मार्फत बीमा एग्रिगेटर, बीमालेख निर्माता र अन्डरराइटर कम्पनीलाई पनि लाइसेन्स दिने व्यवस्था गरिएको हो । अब थप तीन सेवा प्रदायक कम्पनीलाई नेपाल बीमा प्राधिकरणले लाइसेन्स दिन सक्नेछ ।
अहिले नेपाली बीमा क्षेत्रमा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी, लघुबीमा कम्पनी, पुनर्बीमा कम्पनी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया