बेरोजगार भत्ताको तयारी गर्दैछौः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ २५ कार्तिक
प्रधानमन्त्री पुष्पकमल दाहालले बरोजगार युवाहरूलाई रोजगारी दिन नसके बेरोजगार भत्ता दिने तयारी गरेको बताएका छन्। उनले गरिबका लागि सरकार कार्यक्रमलाई रणनीतिक महत्वको कार्यक्रमसहित देशव्यापी बनाउँदै लैजाने बताउँदै युवाहरूलाई रोजगारी नभए बेरोजगार भत्ता दिने तयारी गरेको बताएका हुन्। यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ।
‘जनता पेन्सन कार्यक्रमको तयारी गर्दैछौ, लोडसेडिङ अन्त्य गर्ने योजना अघि सारेका छौ,’ उनले भने,‘ राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न उत्प्रेरित गर्ने र विकास खर्च बढाउने गरी काम गरिरहेका छौ। जनताका पक्षमा काम गरिरहेका छौ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया