बेलायतको आर्थिक वृद्धिदर मन्द

लन्डन १५ बैशाख
यस वर्षको पहिलो चौमासिकमा बेलायतको आर्थिक वृद्धिदर मन्द गतिमा अघि बढेको सार्वजनिक भएको एक औपचारिक तथ्याङ्कले देखाएको छ । उक्त तथ्याङ्क राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको हो ।
बेलायत युरोपिन युनियनबाट बाहिर निस्किने र आमनिर्वाचनको तयारी घोषणा भएको अवस्थामा यस्तो तथ्याङ्क बाहिर आएको छ ।
गत मार्च महिनासम्म कुल ग्राहस्थ उत्पादन ०.३ प्रतिशतल मात्र बढेको छ । सन् २०१६ को अन्तिम चौमासिक कुल ग्राहस्थ उत्पादन ०.७ रहेको राष्ट्रिय तथ्याङ्कको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया