बैंक अफ काठमान्डू लुम्बिनीमा जागीर खुल्यो, हर्नुस कहाँ कति ?

बिजनेसपाटी ५ कार्तिक
बैंक अफ काठमान्डू लिमिटेडले उपत्यकाबाहिरका विभिन्न शाखा कार्यलयहरुमा जुनियर एसिस्टेन्टका लागि दरखास्त आह्वान गरेको छ ।
बैंकले केही संख्यामा जुनियर एसिस्टेन्ट माग गरेको छ ।
बैंकले वीरगञ्ज, बुटवल, दमौली दिक्तेल, घोराही, गुलेरिया, हेटौँडा, जनकपूर,आमलेखगञ्ज, बनेपा, बर्दघाट, विराटनगर, जुम्ला, खाँदबारी, लंकु, नारायणगढ, पनौती, तामघास, तुलसीपूर, परासी, पर्सा र सुर्खेत शाखाका लागि सो माग गरेको हो।

जुनियर एसिस्टेन्टका आबेदन दिनेको हकमा लागि २५ वर्ष उमेर ननाघेका, मार्केटिङ, मेनेजमेन्ट, फाइनान्सियल मेनेजमेन्ट अथवा अर्थशास्त्रमा कम्तीमा दोस्रो श्रेणीमा स्नातक उतीर्ण भएका हुनुपर्नेछ भने स्थानीयलाई प्राथमिकता दिइने समेत बैंकले उल्लेख गरेको छ । योग्यता पुगेका नेपाली नागरिकले कात्तिक १७ गतेभित्रमा आफूले काम गर्न चाहेको शाखा समेत खुलाएको निवेदन, वायोडाटा, हालसालै खिचेको एकप्रति पासपोर्ट साइजको फोटो, एसएलसीदेखि माथिको शैक्षिक प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रसहित बैंकमा सम्पर्क गर्नुपर्नेछ । बैंकको इमेल ठेगाना vacancy@boklumbini.com.np मार्फत पनि सम्पर्क गर्न सकिने बताइएको छ ।

bok

फेसबुकबाट तपाईको प्रतिक्रिया