बैंक खातामा रकम पठाउँदा तुरुन्तै जम्मा, अब झनै सजिलो

काठमाडौँ, ३१ असार २०७७ ।
आइएमई मार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तजम्मा हुने व्यवस्था मिलाइएको छ । अब देश विदेशमा रहनुभएका सेवाग्राहीहरुले नेपालमा अवस्थित पचास भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा सजिलैसँंग लिन सक्ने भएका छन् । पैसा पठाउन छिटो र विश्वासिलो माध्यमको रुपमा परिचित आइएमईको सेवाग्राहीहरुलाई उच्चतम सेवा प्रदान गर्ने यो अर्को महत्त्वपूर्ण कदम हो । यो सेवा विश्वका २०० भन्दा बढी देशहरुमा आवस्थित व्यवसायिक साझेदारहरु (एजेन्ट पार्टनर) मार्फत समेत उपलब्ध हुनेछ । विभिन्न बैंकका खाता तथा मोबाइल वालेटमा पनि यो सेवा उपलब्ध हुने आइएमइले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया