बैंक तथा वित्तीय संस्थालाई धितोपत्र बोर्डको निर्देशन

बिजनेसपाटी १६ फागुन

आस्वा प्रणालीलाई प्रभाबकारी बनाउन नेपाल धितोपत्र बोर्डले यस प्रणालीमा आबद्द बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।  सेवाग्राहीलाई यस प्रणालीमा आबद्ध बैंकहरुले सहज ढंगबाट आस्वा सेवा दिन नसकेकाले बोर्डले यस्तो निर्देशन दिएको हो  ।  यस प्रणालीमा आबद्द संस्थाका कर्मचारीहरुलाई शीघ्र आवश्यक तालिम तथा अन्र्तक्रिया कार्यक्रम संचालन गरी क्षमता अभिवृद्धि गर्न समेत बोर्डले निर्देशन दिएको छ। साथै यस प्रणालीको कार्यान्वयन सम्बन्धमा कुनै समस्या देखा परेमा बोर्डलाई जानकारी गराउन समेत उसले निर्देशन दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया