बैंक वित्तीय संस्थालाई गर्भनर नेपालको निर्देशन
बिजनेसपाटी २३ फागुन
बैंक वित्तीय संस्थालाई निक्षेप संकलन नगरी कर्जा लगानी नगर्न निर्देशन दिइएको छ। बुधबार अर्थमन्त्रालयले जारि गरेको चालु आर्थिक बर्षको अर्धबार्षिक समीक्षामा बोल्दै गर्भनर डा चिरिन्जीबी नेपालले बैंक वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिईसकेको जानकारी गराएका हुन।
सरकारले उच्च आर्थिक वृद्धिदरको लक्ष्य लिएका कारण बजारमा तरलता अभाव देखिएको ड़ा गभर्नर नेपालको भनाई छ । नेपाल राष्ट्र बैंकमा रहेको २ अर्ब ८५ करोड बजारमा गएपछि लगानी योग्य पुंजीको समस्या नरहने उनले बताए। गभर्नर नेपालका अनुसार बैंकिङ प्रणालीमा हाल सीआरआर बाहेक १९ अर्ब रुपैयाँ तरलता छ।
त्यस्तै गभर्नर नेपालले १५१ अर्ब बैदेशिक लगानी स्वीकृतिको चरणमा रहेको जनाए । उनलेपुंजीगत खर्च बढेसंगै लगानी योग्य पुंजीको समाधान हुने बिश्वास व्यक्त गरे।
फेसबुकबाट तपाईको प्रतिक्रिया