बैंकर्स संघको अध्यक्षमा सहमति जुट्यो

काठमाडौं १ पुस २०८१
नेपाल बैंकर्स संघको अध्यक्षका लागि सहमति जुटेको छ । माछापुच्छ्रे बैंकका सीईओ तथा संघका उपाध्यक्ष सन्तोष कोइरालालाई अध्यक्ष बनाउने गरी सहमति जुटेको हो ।
आगामी अध्यक्षका लागि सन्तोष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचनले उमेदवारी दर्ता गराएका थिए । तर, हालका अध्यक्ष सुनिल केसी सहितको टोलीले आज कोइरालाकै पक्षमा सहमति जुटाउन सफल भए । कोइराला लामो समय देखि बैकिंग क्षेत्रमा कार्यरत छन् । कुशल ब्यवस्थापकको परिचय बनाएका कोइरालाबाट नेपाल बैंकर्स संघको नेर्तत्व हुने लगभग पक्कापक्की भएको छ ।
त्यसैगरी बैंकर्स संघको उपाध्यक्षमा ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मीलाई अगाडि सारिएको छ । संघको ३८औँ साधारणसभा पुस ३ गते बोलाइएको छ । उक्त साधारणसभाबाट आगामी नेतृत्व चयन हुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया