बोडे घोषणापत्र सार्वजनिक गर्दै शेष घलेले भने–“अदक्ष कामदारको बर्हिगमन रोक्नुपर्छ“

कठमाण्डौ १८ अशोज
गैर आवासिय नेपाली संघका अध्यक्ष डा शेष घलेले अदक्ष नेपाली कामदारको बर्हिरगमन रोक्नु पर्ने बताएका छन । राष्टिय युवा परिषद, युवा मन्त्रालय र एनआरएनएले अशोज १५ र १६ गते भत्तपुरको बोडेमा गरेको ‘नेपाली युवाहरुको अन्तराष्टिय सम्मेलनले’ तयार गरेको १५ बुदे घोषणापत्र संयुक्त रुपमा सार्वजनिक गर्न राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सो बताएका हुन । अध्यक्ष घलेले युवाहरुलाइ सिप सिकाउने कुरामा राज्य र सम्बद्ध सबै निकायले जोड दिनुपर्ने समेत बताए । उनले उद्यमशीलता सिक्न सक्ने कुरा भएको बताए । विश्व स्तरमै चल्तिका उद्यमीको छबी बनाएका डा घलेले नेचुरल्ली पनि कतिपयमा उद्यमीय गुण आउने बताए । उद्यमशीलताको लागि सरकारले नीति निर्माण गरी बतावरण बनाइदिनु पर्ने उनको आग्रह थियो । सम्मेलनले तयार गरेको घोषणापत्र एनआरएनए अध्यक्ष डा शेष घले, युवा मन्त्रालयका सह सचिव र राष्टिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधबप्रसाद ढुङगेलले संयुक्त पत्रकार सम्मेलनबाट जारी गरेका हुन । राष्टिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधबप्रसाद ढुङगेलले आफुहरुले कडा मिहिनतका साथ युवाहरुमा उध्मशीलता बृद्धि गर्ने कुरा प्रयास थालेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया