भारत विश्वकै तेस्रो ठूलो बीफ निर्यातकर्ता

संयुक्त राष्ट्र सङ्घ (जेनेभा) १५ श्रावण ।
भारत विश्वकै तेस्रो ठूलो बीफ निर्यातकर्ता रहेको र आगामी दशकसम्म उसको यो पद कायमै रहने एक प्रतिवेदनले देखाएको छ । आर्थिक विकासका लागि सङ्गठन (ओईसीडी) र संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनले देखाएको हो । ओईसीडी–एफएओको कृषि परिदृश्य २०१७–२०२६ शीर्षकको प्रतिवेदनअनुसार गत वर्ष भारतले १५ लाख ६० हजार टन गाईको मासु निर्यात गर्दै विश्वकै तेस्रो ठूलो बीफ निर्यातक राष्ट्र बन्न सफल भएको छ । त्यस्तै, सन् २०२६ सम्म भारतले १९ लाख ३० हजार टन गाइको मासु निर्यात गर्ने र विश्वव्यापी बीफ निर्यातमा १६ प्रतिशत भाग ओगट्ने बताइएको छ । गत वर्ष भारतले ३ लाख ६३ हजार टन बीफ आयात गरेको ओईसीडीको तथ्याङ्कले देखाएको छ । गत वर्ष विश्वमा कुल १ करोड ९ लाख ५० हजार टन बीफ निर्यात भएको र सन् २०२६ सम्म १ करोड २४ लाख ३० हजार टन बीफ निर्यात हुने एफएओले अनुमान गरेको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया