भारतले भन्यो- ‘१५ वर्ष हामीसँग मात्र पेट्रोलियम’
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_450,h_300/https://businesspati.com/wp-content/uploads/2016/07/india-flag.jpg)
काठमाडौं १२ अशोज
पेट्रोलियम बजार विविधिकरण गर्दै चीनबाट इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली बजारलाई आफ्नो एकाधिकारमै राख्न खोजिएको देखिएको छ ।
रक्सौल अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण चरणमा प्रवेश गर्ने तयारी भइरहँदा भारतले नेपाललाई १५ वर्षसम्म निरन्तर पेट्रोलियम पदार्थ ल्याउनुपर्ने शर्त अघि सारेको छ ।
भारतीय नाकाबन्दीका बेला नेपालमा पेट्रोलियम पदार्थको विकल्प खोज्ने निर्णय भएको थियो । तत्कालिन केपी ओली सरकारले चीनसँग पारबहन सम्झौता गर्दै त्यसका लागि बाटोसमेत खोलेको थियो ।
नेपाल आयल निगम अधिकारीसँग भारतमा सोमबार सम्पन्न बैठकमा इन्डियन आयल कर्पोरेसन आइओसी का अधिकारीले पाइपलाइन परियोजना अघि बढाउन आगामी १५ वर्षसम्म नेपाली बजारको सुनिश्चितता खोजेका हुन् ।
आइओसीको प्रस्तावलाई नेपाली पक्षले भने अस्वीकार गरेका छन् । आजको नागरिक दैनिकमा खब छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया