बिजनेसपाटी १७ कार्तिक

नेपाल भ्रमणका क्रममा रहेका भारतका राष्टपति प्रणब मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय दुताबासद्वारा आयोजित दिवा भोज कार्यक्रममा पुर्व प्रधानमन्त्री केपी ओली अनुपस्थित रहे।

बुधबार अपराह्न लैनचौरस्थित भारतीय राजदूतावासमा आयोजना गरिएको दिवा भोज कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनको बिशेष उपस्थिती रह्यो । सो समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, उद्योगपति, व्यापारी, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको बाक्लो उपस्तिथी थियो।  सो समारोहमा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री ओलीलाई बोलाइएको भएपनि ओली अनुपस्थित रहेका थिए । पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपाल अहिले विदेश भ्रमणमा रहेकाले समारोहमा अनुपस्थित रहेपनि काठमान्डौमा रहेका ओली अनुपस्थित हुनुलाई महत्वका साथ हेरिएको छ।    तर समारोहमा एमालेका  तर्फबाट उपाध्यक्षद्धय वामदेव गौतम र भीम रावल लगायतका सहभागी भएका छन्