भारतीय प्रधानमन्त्री मोदी अम्बानीको कम्पनिको विज्ञापनमा !

बिजनेसपाटी २४ भदौ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दूरसञ्चार सेवा प्रदायक एक कम्पनि विज्ञापनमा देखिएका छन् उनि  विज्ञापनमा देखिएपछि यसको पक्ष र विपक्षमा व्यापक बहस भइरहेको छ भने विपक्षी दलहरुले मोदीको कडा आलोचना समेत गरेका छन् ।

हालै सित्तैमा कल सुविधा दिने घोषणा गरेको रिलायन्स कम्पनिको विज्ञापनमा मोदीलाई प्रयोग गरिएको छ । रिलायन्स कम्पनिको प्रमुख मुकेश अम्बानी हुन् ।

डाटा प्रयोग गरेको बाहेक सबै प्रकारका कलमा कुनै शुल्क नलिने घोषणासहित तय गरिएको ‘रिलायन्स जियो’ नारा अहिले काफी चर्चामा छ ।

प्रधानमन्त्री नै विज्ञापनमा देखिएपछि विरोध भइरहेका बेला रिलायन्स कम्पनिका अध्यक्ष अम्बानीले भने यसमा विवाद गर्नुको कुनै तुक नरहेको बताएका छन् । अंग्रेजी अखबर इकोनोमिक टाइम्ससँग कुरा गर्दै अम्बानीले यसमा विवाद गर्नु बेइमानी भनेका छन् ।

मोदीले ल्याएको डिजिटल इण्डियाको अवधारणाबाट आफू निकै प्रभावित भएकाले विज्ञापनमा राखिएको र यसमा कुनै राजनीति नभएको उनले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया