भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण र यसको प्रभाव
केडीबी राउत
भारतीय राष्ट्रपति प्रणव मुखर्जी यही कार्तिक १७,१८ र १९ गते तिन दिन नेपाल भ्रमण सम्पन्न गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जी नेपाल आउनु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल भदौँ ३० गते दिल्ली जाँदा भ्रमणको क्रममा भण्डारीको तर्फबाट आमन्त्रण गरेपछि नेपाल भ्रमणको तय भएको थियो । नेपालका माओवादीलाई शान्ति प्रकृयामा ल्याउन एवं संसदवादी सात दल तथा एमाओवादी वीच गणतन्त्र स्थापना गर्ने सम्झौता पत्रमा मध्यस्थताको भूमिकामा तत्कालिन अर्थमन्त्रीको हैसियतमा थिए । राष्ट्रपति मुखर्जीको ५ वर्षीय कार्यत्रकाल यसै वर्ष समाप्त हुँदैछ । नेपालका राष्ट्रपति विद्यादेवीको पनि एक वर्ष छ, अर्थात् २०७४ को निर्वाचन नहुँदासम्म, विगत १९ वर्षदेखि भारतका राष्ट्रपति नेपालमा आएका थिएनन ।
भारतीय राष्ट्रपति के आर नारायणनले सन् १९९७ मा नेपाल भ्रमण गरेका थिए । यसपछिका राष्ट्रपतिहरु अब्दुल कलाम र प्रतिभा सिंह पाटिलले नेपाल भ्रमण गरेनन् । राष्ट्रपति प्रणव मुखर्जी पोखरा, जनकपुर र लुम्बिनी भ्रमणमा जाने योजना रहेको छ । भारतको विदेशमन्त्री सुष्मा स्वराजले ५ पटक नेपालको भ्रमण गरेकी छन् भने नेपालका परराष्ट्रमन्त्री प्रकाशशरण महतले ७ पटक भारत भ्रमण गरी सकेका छन् । उपप्रधानमन्त्री विमलेन्द्र निधि दिल्ली पुगेर मुखर्जीसँग भेटघाट गरीसकेका छन् । भ्रमणको पहल यिनैले गरेका हुन् । पर्यटकीयस्थल जनकपुरमा राष्ट्रपति प्रणव मुखर्जीलाई नागरिक अभिनन्दन गरिएको छ । भारतीय हिन्दुले जनकपुरलाई उच्च प्राथमिकता दिन्छन् । मुखर्जीले पनि तदनुरुप जानकी मन्दिरमा पुजापाठ गर्नु भएको छ । यसैताक हुलाकी सडकको पनि सिलान्यास गर्नुभएको छ ।
नेपाल सरकारले नितिगत निर्णयानुसार भारत र चीनका राष्ट्रपति नेपाल आउँदा पहिलो दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तदनुरुप यही कार्तिक १७ गते सार्वजनिक विदा भएको छ । सवारीको चापले अवरोध उत्पन्न हुन सक्ने भनेर सडक खालि पार्न विदा दिएको बताइएको छ । भारतका राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणले दुई देश वीच ऐतिहासिक र विशेष सम्बन्ध सुदृढिकरणका लागि फलदायी हुने विश्वास गरिएको छ । नेपालका उपराष्ट्रपति, प्रधानमन्त्री र विभिन पार्टीका नेताहरुसँग भेट सम्वाद गर्नुभएको छ ।
भारतका राष्ट्रपति मुखर्जी नेपाल भ्रमणमा आउने निश्चित भएपछि नेपाल भारत विदेश मन्त्रीस्तरीय संयुक्त वैठक हालै सम्पन्न भएर सो संयुक्त आयोगले निर्णयानुसार सात बुँदे विज्ञप्ति जारि गरेको छ । तदनुरुप नेपाल भारत महाकाली परियोजना जोड्ने सडकहरु, महाकाली पुल र सिँचाई परियोजनाका लागि भारतले सन् २०१४ मा घोषणा गरेको सहुलियतपूर्ण ऋण उपयोग हुने पनि विज्ञप्तिमा जनाइएको छ । निर्णयानुसार हुलाकी राजमार्गको पहिलो चरणलाई चाँडै पूर्णता दिइने, हुलाकी राजमार्गको दोस्रो चरणका लागि सहुलियतपूर्ण ऋणको उपयोग गरिने भएको छ । यस्तै चालु विराटनगर–जोगवनी र वर्दिवास–विजलपुरा–जयनगर सीमापार रेलवे परियोजनालाई चाँडै टुँगो लगाइने भएको छ । नेपालगन्ज रोड, काकडभिट्टा –न्यु जलपायगुडि र भैरहवा–नौतुनवा सीमापार रेलवे परियोजना पनि चाँडै सुरु गर्ने सहमति भएको छ । हेटौंडा पोलिटेक्निक पनि चाँडै संचालन गरिने भएको छ । यसैगरी हुलाकी रोडको पहिलो चरणको निर्माण सकेसम्म छिटो सक्ने र दोश्रो चरणको निर्माण कार्य सुरु गरी हाल्ने सहमति भएको छ । पन्चेश्वर परियोजनाको संयुक्त डीपीआर, नेपालले विरााखापटनम बन्दरगाहमा नेपाली फिल्ड कार्यालय स्थापना गर्ने र नेपाल भारत विद्युत व्यापार सम्बन्धी कानून अडचन समाधान गरिने भएको छ । सुस्ता–कालापानी लगायतका सीमा विवाद टुङग्याउने द्विपक्षीय वाणिज्य सन्धि सातवर्षको लागि नविकरण गर्दै व्यापार प्रवद्र्धन सहजिकरण गर्ने भएको छ । राष्ट्रपतिको आगमनको पूर्वसन्ध्यामा भएका यि सहमतिबाट के बुझिन्छ भने मुखर्जीको भ्रमणले द्विपक्षीय सम्बन्धमा कायापलट भैहाल्दैन । नयाँ गति चाहिँ विकास हुन्छ । नेपालको आन्तरिक राजनीतिक समस्या समाधान पनि भै हाल्दैन, तर समस्या समाधानका पहलले द्रुत गति भने लिन सक्छ । भारतीय पक्षले नेपाल मामलामा निकै गम्भिरता देखाएको सन्देश दिन खोजेको छ । भारतीय पक्ष जिम्मेवार रुपमा अगाडि बढ्न खोजेको हो भने नेपाली पक्षले पनि गम्भिर हुनुपर्दछ । विगतका तितो अनुभवबाट पाठ सिकेर छिमेकीको सद्भाव र सहयोगबाट शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि नयाँ संभावनाको खोजी गर्नुपर्छ, जसरी निवर्तमान प्रधानमन्त्री ओलीले गरेका थिए । आफू झुकेर भएपनि राष्ट्रिय स्वार्थ झुक्न नदिने मुखर्जी जस्ता सफल नेताबाट पाठ सिक्नु पर्दछ । मुखर्जी व्यक्तिगत तवरमा झुक्लान तर त्यो इण्डिया झुकेको होइन भन्ने सम्झेर बुझेर पारस्परिक हितको सम्बद्र्धन गर्न सक्नु पर्छ । नेपाल–भारत सम्बन्धले दुवै देशलाई जति लाभ मिल्नु पर्ने हो –मिलिरहेको छैन आपसी समन्वय गरी श्रोत र साधनको सही सदुपयोग गरी आर्थिक वृद्धि र मानव विकासको स्तर बढाउने अवसर प्रशस्त छन् । नेपालको प्राकृतिक श्रोत साधनको उचित प्रयोगले नेपाललाई मात्र नभै भारतलाई समेत लाभदायक छ । नेपाल भारतका लागि सुरक्षित बजार हो । अर्को तर्फ भारतीय लगानी कर्ताका लागि नेपाल उपयुक्त आर्थिक सम्भावनाको स्थल हो । भारतीय पर्यटकको निम्ति नेपाल गन्तव्यस्थल हो । चालु संविधान निर्माण र नाकावन्दिका कारण नेपाल–भारत वीच सम्बन्ध चिसिएको छ । भारतले नेपालको संविधानको स्वागत अद्यपि गरेको छैन । सम्बन्ध चिसिएका कारण ओली र प्रचण्डको भ्रमणमा संयुक्त वक्तव्य आउन सकेको थिएन । मधेसको आन्तरिक समस्यामा भारत दोषी ठहरिएको छ । नेपालको आन्तरिक मामिलामा दिल्लीले हस्तक्षेप गर्दै आएको जगजाहेरै छ । वंगाली मूलका मुखर्जी मृदु भाषी हुन् । दक्षिण एसियाई नेताहरुमा मुखर्जीको उच्च उचाई छ ।
भारतीय राष्ट्राध्यक्षको नेपाल भ्रमणमा चिसिएको सम्बन्ध सुधारको प्रयास देखिन्छ । यो भ्रमणमा दुई देश विच कुनै सन्धि सम्झौता नहुने निश्चित नै थियो । द्विपक्षीय सम्बधमा रहेका समस्या हल गर्न खास सहमति बन्ने पनि होइन, तथापी दुवै पक्षको उच्चस्तरीय भेटघाट र मन माझ्ने काममा मद्दत पुगेको छ । दुई दशक पछिको भारतका राष्ट्रपतिको भ्रमणले विशेष महत्व राख्दछ । त्यसमा पनि नेपाल बारे गहिरो जानकारी राख्ने र नेपाली नेताहरुसँग सिधा सम्बन्ध बनाएका मुखर्जीले हितचित्त बुझ्ने बुझाउने गरी कुराकानी गरेका छन् । असन्तुष्ट पक्षहरुको कुरा पनि बुझेका छन् । नेपाली नेताहरुले पहिले देखिनै हामी कमजोर ग्रसित राष्ट्रका नेता भनेर आफ्नो देशलाई चिनाउने गरेकोले नेपाल हेपिदै आएको सबैका सामू छर्लङ्गै छ । आफ्नो राष्ट्रीय स्वाभिमानता उच्च राख्ने सम्पदाहरुको गौरवगाथा गाउनै पर्छ, तवमात्र समान मित्रताको सम्मान ग्रहण गर्न पाइन्छ । भारतका अनेकौ तिर्थधामहरु रामेश्वर, जगन्नाथ, विश्वनाथ, बद्रिनाथ, केदानाथ, तिरुपति, गया कामक्ष आदिमा नेपालका राजाहरुको विशेषाधिकार रहि आएको छ । तदनुरुप राष्ट्रपति मुखर्जीले पनि भन्नु भएको छ नेपाल–भारत प्रगाढ सम्बन्धसँग अरुलाई दाँज्न सकिन्न । दुवै देश भूगोल र सभ्यताले जोडिएका छन्, तदनुरुप नितिहरु बनाउनुपर्छ, संयुक्त लगानी, रोजगारी र राष्ट्रिय अर्थतन्त्रको विकासलाई बढावा दिन सकौं । सन् २००६ मा शान्ति प्रकृया सुरु भए यता नेपालमा भएका घटनाक्रमहरुले मलाई उत्साही बनाएको छ । भारत–नेपालको वर्तमान सम्बन्ध असाध्यै राम्रो छ ।
दुवै देशका सरकारहरु सम्पन्न जीवन जिउने जनताको बढ्दो आकांक्षाहरु प्रकृया कार्यान्वयन गर्दैछौँ, जुन दक्षिण एसियामै पहिलो सिमापार पाइपलाइन निर्माण हुँदैछ । हामीमाझ यस्तो समय पनि आएको छ, जुनवेला केही निश्चित कुरामा हाम्रा दृष्टिकोणहरु भिन्न भएका हुनसक्छन् । संघीय लोकतान्त्रिक गणतन्त्रतर्फ नेपालको यात्रामा भारतको सधै सहयोग र शुभेच्छा रहनेछ । भारत नेपाली जनतालाई सधै सहयोग गर्ने थलोको रुपमा रहनेछ । ८२ वर्षीय मुखर्जी भारतको १३ औं राष्ट्रपति हुन र सन् २०१२ मा निर्वाचित भएका हुन् । भारतीय स्व.प्रधानमन्त्री इन्दिरा गाँधीको पालोमा प्रखर युवा राजनीतिक कार्यकर्ता भएर अगाडि बढेका युवा थिए । अहिले दक्षिण एसियाकै प्रमुख राजनीतिज्ञ मध्य एक मानिन्छन् । उहाँ पहिला पनि काठमाडौँ आइसकेको व्यक्तित्व हुनुहुन्छ । उहाँ नेपाल मामिलाको विशेषज्ञ नै मानिनुहुन्छ । नेपालप्रति उदार निति राख्नुहुन्छ । उहाँ पश्चिम वंगालको हुनुहुन्छ । नेपालका सबै नेतासँग राम्रो सम्बन्ध र भेटघाट हुन्छ । उहाँले नेपालका अलंकारिक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत भ्रमणको निम्तो पनि दिनु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया